१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दुई पालिका कार्यालयमा अख्तियारको छापा

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको चाँगुनारायण नगरपालिका र सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा छापा मार्दै आर्थिक प्रशासनसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको छ । 

दुई पालिका कार्यालयमा अख्तियारको छापा

खरिद र भुक्तानीमा अनियमितता गरेको भन्दै परेको उजुरीका आधारमा अख्तियारले दुवै कार्यालयमा मंगलबार छापा मारेको हो ।

अर्थिक खटनपटन, खरिद, निर्माणलगायतमा अनियमितता भएको उजुरीमाथि छानबिन गर्न कागजात नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।

‘दुवै पालिकाबाट भएका आर्थिक प्रशासन र खरिद प्रक्रियासँग जोडिएर कागजातहरू नियन्त्रणमा लिइएको छ, बाँकी विषय थप अनुसन्धानबाट खुल्छ,’ उनले भने, ‘खासगरी खरिद र निर्माणसँग जोडिएका विषयमा अनियमितता भएको भन्ने उजुरी परेको थियो, केन्द्रबाटै विशेष टोली खटाइएको हो ।’

दुवै पालिकाले ५ लाखभन्दा माथिको खरिद र भुक्तानीमा अनियमितता गरेको उजुरी परेको थियो ।

प्रकाशित : मंसिर २८, २०७८ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?