२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कांग्रेस सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माको उम्मेदवारी घोषणा

काठमाडौँ — कांग्रेस सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी दिने भएका छन् । कांग्रेसको १४औं महाधिवेशनमा विश्वकर्माले समावेशी दलिततर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

कांग्रेस सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माको उम्मेदवारी घोषणा

दुई दशकदेखि कांग्रेस केन्द्रीय सदस्य रहेका विश्वकर्मा कांग्रेसको ११औं, १२औं र १३ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन् । त्यस्तै उनी पार्टीको भ्रातृ संगठन नेपाल दलित संघका संस्थापक अध्यक्षसमेत हुन् ।

दुईपटक सांसद तथा पूर्ववातावरण, विज्ञान तथा प्रविधि सहायकमन्त्रीसमेत रहेका विश्वकर्मा पार्टीको नीति तथा प्रशिक्षण विभागको पूर्वप्रमुख पनि हुन् । त्यस्तै कांग्रेसको विधान समिति र संसदीय समितिसमेत रहिसकेका विश्वकर्मा पूर्णकालीन राजनीतिमा प्रवेश गर्नुअघि त्रिभुवन विश्वविद्यालयमा दुई दशकसम्म प्राध्यापन गरेका थिए ।

लामो समयसम्म अमृत साइन्स क्याम्पसमा प्राध्यापन गरेका विश्वकर्मा मन्त्री हुँदा पनि प्राध्यापनलाई निरन्तरता दिई चर्चामा आएका थिए । काठमाडौं विश्वविद्यालयको स्थापना गर्न भूमिका खेलेका विश्वकर्मा नेपाल परिवार नियोजन संघको महासचिवसमेत रहेका थिए ।

प्रकाशित : मंसिर २४, २०७८ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?