अर्थ मन्त्रालयका अवकाशप्राप्त अधिकृतलाई डेढ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ — अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयबाट अवकाशप्राप्त अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । करिब २५ वर्ष सरकारी पदमा रहँदा डेढ करोडभन्दा बढी रकम अवैध रूपमा आर्जन गरेको अभियोग लगाउँदै अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो । 

अर्थ मन्त्रालयका अवकाशप्राप्त अधिकृतलाई डेढ करोडको भ्रष्टाचार मुद्दा

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले आयोगको अनुसन्धानबाट थपलियाले एक करोड ६४ लाख ८९ हजार ७०० रूपैयाँ अवैध रूपमा कमाएको देखिएको बताए । २०४० फागुन ६ गते सरकारी सेवामा प्रवेश गरेका थपलियाले २०७५ चैत ३० मा अवकाश पाएका थिए । अख्तियारले उक्त अवधिमा थपलियालको आम्दानी र खर्चको विश्लेषण गरेको थियो । जसमा थपलियाले कमाएको दुई करोड ६७ लाख ७१ हजार ९५८ रूपैयाँमध्ये एक करोड दुई लाख ८२ हजार २५८ रूपैयाँको मात्र स्रोत खुलेको अख्तियारको दाबी छ ।

अख्तियारले विशेष अदालतमा दयार गरेको अभियोगपत्रमा थपलियाबाट स्रोत खुल्न नसकेको सम्पत्ति जफत गर्न, उनलाई दुई वर्षसम्म कैद गर्न र स्रोत नखुलेको भनिएको सम्पत्ति (बिगो कायम) बराबर जरिवाना गर्न पनि माग गरेको छ ।

त्यसैगरी थपलियाकी पत्नीको नाममा भएको घरजग्गा तथा बैंक खाताहरूमा रहेको रकम पनि जफत गर्न माग गरेको छ ।


प्रकाशित : मंसिर २३, २०७८ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?