३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

२४ घण्टामा १९७ कोरोना संक्रमित थपिए, ३२९ जना निको

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट १९७ जना संक्रमित भएका छन् । ८ हजार १८ जनामा पीसीआर परीक्षण गर्दा १९७ जनामा कोभिड-१९ पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा १९७ कोरोना संक्रमित थपिए, ३२९ जना निको

१ हजार ४३३ जनामा एन्टीजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २३ हजार ५५४ पुगेको छ ।

२४ घण्टामा ३२९ जना संक्रमणमुक्त भएका छन् । नेपाल कोरोना निको हुने दर ९७.८ रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बिहीबार २ जना मृतक थपिएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५४९ पुगेको छ ।


हाल देशभर ६ हजार १०५ जना सक्रिय संक्रमित छन् भने ९७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : मंसिर २३, २०७८ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?