१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
कांग्रेस बैठक

सांगठनिक, आर्थिकसहित तीन प्रतिवेदन पारित

काठमाडौँ — कांग्रेस केन्द्रीय समिति बैठकबाट आर्थिक, सांगठनिकसहित ३ प्रतिवेदन पारित भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा पेस भएको महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्काको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवको आर्थिक प्रतिवेदन पारित भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

सांगठनिक, आर्थिकसहित तीन प्रतिवेदन पारित

उनका अनुसार उपसभापति नेतृत्वको नीति अनुसन्धान प्रतिष्ठानको प्रतिवेदन पनि बैठकबाट पारित भएको छ ।

बैठकमा शुक्रबारदेखि सुरु हुने पार्टीको महाधिवेशनको तयारीलगायत विषयमा छलफल भएको जानकारी प्रवक्ता शर्माले दिए । प्रवक्ता शर्माले महाधिवेशनमा भारतका राजनीतिक दलका प्रतिनिधि अतिथिका रुपमा सहभागी हुने निश्चित भएको जानकारी दिए । उनले शुक्रबार महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुने र यसलाई चुस्त र व्यवस्थितरुपमा सम्पन्न गर्नेगरी तयारी भएको जानकारी पनि दिए ।

चौधौं महाधिवेशनअघि बिहीबार बसेको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित अन्य नेताहरू सहभागी भएनन् ।

यो पनि

प्रकाशित : मंसिर २३, २०७८ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?