२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

एमयूले सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गर्ने

चाँदनी कठायत

वीरेन्द्रनगर — मध्यपश्चिम विश्वविद्यालय(एमयू)ले शताब्दी पुरुष सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गर्ने भएको छ । विश्वविद्यालयको प्राज्ञिक परिषद्को बैठकले कर्णालीको भाषा, लोक संस्कृति, कला साहित्य र इतिहासको क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानस्वरुप मानार्थ महाविद्यावारिधिको उपाधिबाट सम्मान गर्ने निर्णय गरेको हो । 

एमयूले सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गर्ने

काठमाडौंमा दीक्षान्त समारोह आयोजना गरी जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गर्ने विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले वरिष्ठ संस्कृतिविद् जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्ने औपचारिक पत्र हस्तान्तरण गरिसकेको जानकारी दिए । उपकुलपति सिंहका अनुसार जोशीको नेतृत्वमा कर्णालीको लोक संस्कृति, लोकवार्ता र इतिहासको अध्ययन, अनुसन्धानमा सहयोग पुर्‍याउने अन्य चार जनालाई पनि विश्वविद्यालयले सम्मान गर्ने छ ।

बिहारीकृष्ण श्रेष्ठ, स्वर्गीय प्रदीप रिमाल, स्थिरजङ्गबहादुर सिंह र चुडामणि बन्धुलाई कदरपत्र प्रदान गरिने विश्वविद्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर २३, २०७८ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?