प्रतिनिधिहरूलाई पौडेलको आग्रह -'राजनीति सम्मानित बनाउने अभियानमा सक्रिय हुनू'

काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनमा सहभागी हुने सबैलाई राजनीति सम्मानित बनाउने अभियानमा सक्रिय हुन आग्रह गरेका छन् ।

प्रतिनिधिहरूलाई पौडेलको आग्रह -'राजनीति सम्मानित बनाउने अभियानमा सक्रिय हुनू'

प्रदेश अधिवेशनबाट निर्वाचितहरूलाई बधाइ ज्ञापन गर्दै नेता पौडेलले कांग्रेसको रुपान्तरण मार्फत् राजनीतिलाई सम्मानित बनाउने अभियानमा सक्रिय हुन आग्रह गरेका हुन् ।

उनले पार्टी अहिले इतिहासमै कमजोर देखिएको भन्दै सिद्धान्त र आदर्श अनुरुप स्वच्छ र जनमुखी बनाउने संघर्षमा क्रियाशील हुनसमेत आग्रह गरेका छन् ।

‘लोकतान्त्रिक अभ्यासमा सहभागी हुनुभएका सम्पूर्ण साथीहरूलाई निरुत्साहित नभई इतिहासमै कमजोर देखिएको हाम्रो पार्टीलाई सिद्धान्त र आदर्श अनुरुप स्वच्छ र जनमुखी बनाउने संघर्षमा उत्साहपूर्वक क्रियाशील रहन अनुरोध गर्दछु,’ पौडेलले भनेका छन् ।

प्रकाशित : मंसिर २०, २०७८ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?