कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

फेवातालमा आन्तरिक पर्यटकको घुइँचो

लालप्रसाद शर्मा

पोखरा — माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ
पोखरा त साञ्चिकै पो पोखरा पो रैछ...
नेपालगञ्जबाट जागिरको शिलशिलामा पोखरा आएका स्वर्गीय प्रेमप्रकाश मल्लले पोखरा बसाइमा यो गीत लेखे । जसको महत्व अहिले पनि उत्तिकै छ । यो गीत सुन्नेमात्र होइन, नसुनेकाहरु पनि पोखरा भन्नसाथ फेवाताल हेर्न र डुंगा चढेर शयर गर्न उत्सुक हुन्छन् ।

फेवातालमा आन्तरिक पर्यटकको घुइँचो

पछिल्लो समय नेपालीहरु अझ युवा पुस्तामा ‘देश दर्शन’ को लहरै चलेको थियो । तर कोरोना कहरका कारण ठप्पजस्तै बनेको आन्तरिक पर्यटकीय गतिविधि यतिबेला फेरि बढेको छ । अहिले देशका विभिन्न स्थानबाट पोखरा घुम्न आउनेको लर्को नै लागेको छ ।

‘पोखरा साच्चिकैको पोखरा रहेछ,’ काठमाडौंबाट साथीसँग घुम्न आएका सन्देश मुडभरीले फेवाताल किनारमा सोमबार भने, ‘सुनेको भन्दा देखेको राम्रो लाग्यो । घुम्ने बानीले देश चिन्ने मौका मिल्यो ।’

पर्यटकीय शहर पोखराको फेवातालमा यतिबेला आन्तरिक पर्यटकको लर्कै लागेको देख्न पाइन्छ । देशका विभिन्न स्थानबाट शैक्षिक भ्रमण, सहकारी, आमा समूह, क्लब, युवा समूहलगायतको टोली दिनहुँ पोखरा भित्रिइरहेका छन् ।

उनीहरुको पहिलो रोजाइ भनेकै फेवातालमा डुंगा शयर, तालबराही मन्दिरको दर्शन हुने गर्छ । पछिल्लो एकसाता यता संघीय र प्रदेशको लोकसेवा आयोगले विभिन्न पदमा खुलाएको परीक्षामा सहभागी हुन पनि पोखरामा हजारौंको संख्यामा आएकाहरु पनि फेवाताल पुग्दा थप चहलपहल बढाएको छ ।

प्रकाशित : मंसिर २०, २०७८ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?