१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अमेरिकाका लागि प्रस्तावित राजदूतले भने- 'एमसीसीबारे दुवैतर्फबाट भ्रम फैलाइयो'

काठमाडौँ — अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीले एमसीसीबारे नेपाल र अमेरिकाका अधिकारीले भ्रम फैलाएको बताएका छन् । उनले एमसीसी लिने वा नलिने भए प्रष्टसँग अमेरिकालाई भन्नुपर्ने सुझाव दिएका छन् ।

अमेरिकाका लागि प्रस्तावित राजदूतले भने- 'एमसीसीबारे दुवैतर्फबाट भ्रम फैलाइयो'

सोमबार संसदीय सुनुवाइका क्रममा श्रीधर खत्रीले भने, 'एमसीसी देशभित्रको विवादमा अल्झिएको पनि देखिन्छ । यो लिने हो भने प्रष्ट भने हुन्छ । नलिने भए पनि अमेरिकालाई प्रष्ट भने हुन्छ ।'

एमसीसी नेपालका र अमेरिकी अधिकारीका कारण विवादमा परेको उनको भनाइ थियो । प्राध्यापकसमेत रहेका प्रस्तावित राजदूत खत्रीले भने, 'अमेरिकाले पनि गल्ती गरेको छ । केही पहिले विदेश सहायकमन्त्री आउनुभएको बेला यसबारे उहाँसँग कुरा गरेको थियो । अमेरिकाको डिफेन्स सहायकमन्त्रीले इन्डोप्यासिफिकमा पर्छ भनेकाले भ्रम फैलिएको देखिन्छ,' उनले भने ।

संसदीय सुनुवाइको क्रममा खत्रीले यसबारे सुरुमा नै आफ्नो धारणा राखेका थिए । सांसदहरूले प्रश्न सोध्ने ठानेर नै आफूले यसबारे आफ्ना कुरा पहिले नै राख्नु उचित ठानेको उनको भनाइ थियो ।

एमसीसी संसद्‍बाट पारित गर्नुपर्ने कुरा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रालयको प्रस्तावमा भएको कुरा पनि खत्रीले बताएका थिए । 'संसद्‍बाट पास गर्नुपर्ने कानुन मन्त्रालयले सुझाव दिएर गरियो । यो गर्ने हो भने त बीआरआई पनि पास गर्ने होला, समग्र संसद्‍बाट गर्ने देखिन्छ,' उनले ठूला लगानी र वैदेशिक सहयोगलाई संसद्‍बाट पारित गर्ने कुरा ठीक नभएको आशय व्यक्त गरेका थिए ।

नेपालले अमेरिकालाई नेपालको भौगोलिक अवस्थिति भारत र चीनबीचको बारेमा स्पष्ट पार्नुपर्ने पनि खत्रीको भनाइ थियो । 'अमेरकाले नेपालको चीन र भारत बीचको भौगोलिक अवस्थितिबारे बुझ्नुपर्छ । त्यसबारे हामीले बुझाउनुपर्छ । अमेरिकालाई नेपालको असंलग्नताको सिद्धान्त बुझाउनुपर्ने देख्छु,' उनले भने ।

प्रकाशित : मंसिर २०, २०७८ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?