कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

कांग्रेस वाग्मती प्रदेश सभापतिमा बानियाँ निर्वाचित

सुवास विडारी

मकवानपुर — नेपाली कांग्रेस वाग्मती प्रदेश सभापतिमा संस्थापन पक्षका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । संस्थापन इतरका जगदीश्वरनरसिंह केसीलाई १ सय ५८ मतअन्तरले पराजित गर्दै वाग्मती प्रदेश संसदीय दलका नेतासमेत रहेका बानियाँ दोस्रो पटकमा प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।

कांग्रेस वाग्मती प्रदेश सभापतिमा बानियाँ निर्वाचित

पहिलो चरणको निर्वाचनमा ४८ प्रतिशत मत प्राप्त गरे पनि कांग्रेसको विधानअनुसार ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार पुन: मतदान भएको थियो ।

दोस्रो चरणको मतदानमा बानियाँले १०८५ मत प्राप्त गरेका थिए भने केसीले ९२७ मत प्राप्त गरे । कुल २० सय २५ मत खसेकोमा १३ मत बदर भएको थियो ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वास पात्र बानियाँलाई दोस्रो चरणको मतदानमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षधरका भीमसेन दास प्रधानले समर्थन गरेका थिए । प्रधान पहिलो चरणको मतदानमा तेस्रो स्थानमा रहँदै दोस्रो चरणको मतदान प्रक्रियाबाट बाहिरिएका थिए । बानियाँ कांग्रेस मकवानपुरका सभापति समेत हुन् ।

पहिलो चरणको मतदानमा बानियाँले ९९२ मत ल्याएका थिए भने दोस्रो हुने केसीले ८७२ मत ल्याएका थिए । तेस्रो हुने भीमसेनले १९७ मत ल्याएका थिए । बढी मत ल्याएका बानियाँले ४८ प्रतिशत मत ल्याएका हुन् । पहिलो चरणमा कुल २१ सय ५१ मतमध्ये २०८३ मत खसेको थियो ।

प्रकाशित : मंसिर १९, २०७८ २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?