कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

एनआरएनएको निर्वाचनका लागि कानुनी बाटो खुल्ला 

काठमाडौँ — उच्च अदालत पाटनले गैर आवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनका लागि कानुनी रुपमा बाटो खुल्ला गरिदिएको छ । न्यायाधीशद्वय श्रीमणकुमार गौतम र नरिश्वर भण्डारीको संयुक्त इजलासले आइतबार एनआरएनएको निर्वाचन नरोक्न अन्तरिम आदेश दिएको हो । न्यायाधीशद्वय गौतम र भण्डारीको इजलासले परराष्ट्र मन्त्रालयको असोज २२ र मंसिर ३ गतेको निर्णय र पत्र पनि कार्यान्वयन नगर्नु भन्ने आदेश दिएको छ । 

एनआरएनएको निर्वाचनका लागि कानुनी बाटो खुल्ला 

इजलासले पत्राचार गर्दै निर्वाचन प्रक्रिया अघि नबढाउन निर्देशन दिएको थियो । पटक-पटक परराष्ट्रले निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेपछि संघका अध्यक्ष कुमार पन्तले मन्त्रालयको पत्रविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए । जुन मुद्दामा यसअघि मुख्य न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले परराष्ट्रको पत्र कार्यान्वयन नगर्नु भन्ने अल्पकालीन अन्तरिम आदेश दिएको थियो । संयुक्त इजलासले आइतबार यसघिको अन्तरिम आदेशलाई निरन्तरता दिँदै निर्वाचन नरोक्न भनेको हो ।

अदालतको आदेशपछि एनआरएनएका अध्यक्ष पन्त नेतृत्वको अन्तर्राष्ट्रिय समन्वय समितिले निर्वाचनका प्रक्रिया जारी राख्न पाउने छ । पन्तले आदेशको फैसलालाई ऐतिहासिक भएको प्रतिक्रिया दिएका छन् । एनआरएनएको नयाँ नेतृत्वका लागि आगामी पुस ११ र १२ (डिसेम्बर २६ र २७ तारिख) मा निर्वाचन हुनेगरी तालिका सार्वजनिक भइसकेको छ । संघको निर्वाचन समितिले गत मंगलबार सूचना प्रकाशित गर्दै यसअघि मंसिर २९ मा हुने निर्वाचन मितिलाई हेरेफेर गर्दै नयाँ तालिका सार्वजनिक गरेको हो ।

निर्वाचन समितिका अनुसार तोकिएकै मितिमा निर्वाचन हुने छ । मंसिर २० मा मतदाता नामावाली प्रकाशन, २१ मा मतदाता नामावलीउपर दाबीविरोध, २४ मा मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ ।

यस्तै मंसिर २५ मा उम्मेदवारको मनोनयन पत्र दर्ता, २६ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन, २७ मा उम्मेदवारविरुद्ध दाबीविरोध, २८ मा उजुरीउपर निर्णय, २९ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन, पुस २ मा उम्मेदवारको मनोनयन पत्र फिर्ता गर्ने समय तोकिएको छ । त्यस्तै पुस ३ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।

संघको १० औं महाधिवशेनका लागि अध्यक्ष पदमा बद्री केसी, रविना थापा र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । ४८ पदाधिकारीका लागि हुने निर्वाचनमा करिब १ सय जनाले आ-आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।



प्रकाशित : मंसिर १९, २०७८ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?