कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नेपाल वायुसेवा निगमलाई खतराजन्य पदार्थ बोक्ने अनुमति

काठमाडौँ — नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानमा डेन्जरस गुड्स (खतराजन्य पदार्थ) आयत तथा निर्यातको अनुमति पाएको छ ।

नेपाल वायुसेवा निगमलाई खतराजन्य पदार्थ बोक्ने अनुमति

नागरिक उड्डयन प्राधिकरणले निगमको अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ (डीजी) बोक्ने अनुमति आइतबार दिएको हो । प्राधिकरणको फलाइट सेफ्टी स्ट्याण्डर विभागका अनुसार, नेपाली वायुयान (जहाज) तर्फ खतराजन्य पदार्थ (डीजी) बोक्ने अनुमति पाउने निगम पहिलो वायुसेवा कम्पती भएको छ ।

प्राधिकरणले यसअघि हेलिकप्टर कम्पनीतर्फ श्री एयरलायन्सको एमआई–१७ रसियन हेलिकप्टरलाई मात्रै खतराजन्य पदार्थ (डीजी) बोक्ने अनुमति दिएको थियो ।

अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ)ले मानव स्वास्थ्य तथा शुरक्षालाई असर पुर्‍याउने ९ प्रकार (ज्वलशील ग्यास, तरल पदार्थ, ठोस पदार्थ, अक्सीडाइजिङ, विषाक्त तथा संक्रामक, रेडियोधर्मी लगायत) का खतराजन्य पदार्थको वर्गिकरण गरेको छ ।

यीमध्ये निगमलाई हाल मेडिकलतर्फ एक्स–रे मेशिनसँग सम्बन्धित रेडियो फर्मास्युटीकल सामान र ल्यापटप, मोबाइलमा प्रयोग हुने लिथियम–आयन ब्याट्री लगायत खतराजन्य पदार्थ (आयत निर्यातको मात्रै अनुमति प्रदान गरिएको हो ।

निगमको यात्रु सेवा विभागका अनुसार अब निगमका चारवटा जेट विमानको कार्गो कम्पार्टमेन्टमा खतराजन्य पदार्थ (डीजी) आयत तथा निर्यात गर्न पाइने छ । यस्ता वस्तुको ह्याण्डल तथा व्यवस्थापन गर्न निगमले आइकाओले निर्देश गरे अनुसार ग्राउन्डमा खटीने कर्मचारीलाई तालिम दिइसकेको छ । यी सामान तीनकुनेमा रहेको कार्गो भवनमा छुट्टै राख्नुपर्छ ।

प्रकाशित : मंसिर १९, २०७८ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?