प्रेस सेन्टरको अध्यक्षमा सापकोटा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रेस सेन्टरको अध्यक्षमा सापकोटा

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा सर्वसम्मत चयन भएका छन् । चितवनमा आइतबार सम्पन्‍न चौथो राष्ट्रिय महाधिवेशनबाट सापकोटाको नेतृत्वमा १ सय ९९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । तर आकांक्षी धेरै भएपछि अध्यक्षबाहेक पदाधिकारी टुंगो लाग्न सकेन ।


महाधिवेशनस्थलबाट १८५ सदस्यीय समिति घोषणा भएको छ भने बाँकी १५ जना केन्द्रीय समितिको पहिलो बैठकबाट मनोनयन गर्ने तय भएको पत्रकार देवीराम देवकोटाले जानकारी दिए ।

प्रेस सेन्टरको विधान अनुसार अध्यक्ष, १४ उपाध्यक्ष, महासचिव, ५ उपमहासचिव, १५ सचिव र कोषाध्यक्ष चयन गर्ने व्यवस्था छ ।

यस्तै बन्दसत्रले १८ बुँदे घोषणापत्र जारी गरेको छ । सेन्टरका निवर्तमान कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीका अनुसार १८ बुँदे घोषणापत्रमा प्रधानन्यायाधीशलाई उच्च नैतिकता प्रस्तुत गर्दै निकास दिन आग्रह गरिएको छ ।

यसैगरी राजनीतिक गतिरोध अन्त्य गर्न दललाई ध्यानाकर्षण गराइएको छ । साथै मिडियासम्बन्धी पूराना कानुन खारेज गरी नयाँ कानुन बनाउन, साना लगानीको संरक्षण, श्रम ऐन कार्यान्वयन नगर्ने मिडियालाई सबै सेवासुविधा बन्द गर्न, सञ्चारकर्मीले सवारीसाधन किन्दा भन्सार छुट, स्वास्थ्य बीमा लागू गर्नेलगायत समेटिएको उनले जानकारी दिए ।

शनिबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सम्मेलनको उद्घाटन गरेका थिए । यसअघि महेश्वर दाहालको नेतृत्वमा २६० सदस्सीय कार्यसमिति रहेको थियो । महाधिवेशनमा ७७ जिल्ला, उपत्यका, एसोसिएट र प्रतिष्ठानका प्रतिनिधि गरी झण्डै ८०० प्रतिनिधि सहभागी भएको सेन्टरले जनाएको छ ।

प्रकाशित : मंसिर १९, २०७८ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्

जनशक्ति थप गरी संसद भवन निर्माण समयमै सक्न मन्त्री झाँक्रीको निर्देशन 

कान्तिपुर संवाददाता

काठमाडौँ — सिंहदरबार परिसरमा निर्माणधीन संघीय संसद् भवनको आइतबार सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निरीक्षण गरेकी छन् । निरीक्षणका क्रममा उनले तोकिएकै समयमा निर्माण सक्न निर्देशन दिएकी छन् । मन्त्री झाँक्रीले निर्माणमा कुनै समस्या रहे मन्त्रालयबाट समाधान गर्न सकिने भन्दै ढिलाई नगर्न निर्देशन दिइन् । 

मन्त्रीको भनाई उद्धृत गर्दै मन्त्रालयका सहसचिव दीलीपशेखर श्रेष्ठले भने, ‘जनशक्ति अभाव भएमा थपेर तोकिएकै समयभित्र निर्माण सम्पन्न हुनु पर्छ ।’ २०७६ असोज १६ मा निर्माण थालिएको भवनको अहिले सम्म भौतिक प्रगति जम्मा ३५ प्रतिशत छ । जसको निर्माण २०७९ असोज १६ भित्र सक्नुपर्नेछ । भवन निर्माणको ठेक्का टुन्दी/सेक जेभीले ५ अर्ब ६८ करोड ३९ लाख रुपैयाँमा लिएको हो । अहिले निर्माणमा साढे ३ सय कामदार परिचालित छन् ।

विशेष भवन निर्माण आयोजना प्रमुख समेत रहेका सहसचिव श्रेष्ठले ७ सय जनशक्ति खटाउनेगरी निर्माण व्यवसायीसँग छलफल भइरहेको बताए । ‘यसको काम केही कम भएको छ, प्रगति बढाउनेगरी निर्माण व्यवसायीसँग दुई सिफ्टमा काम गर्नेबारे कुरा भइरहेको छ,’ उनले भने, ‘सहमति भए बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म काम हुने छ ।’ १ सय ५१ रोपनी क्षेत्रफलमा ११ वटा ब्लक बन्नेछन् ।

प्रतिनिधिसभा भवन भुइँतलामा चार सय र बाल्कोनीमा तीन सय गरी सात सय जना अटाउने क्षमताको हुनेछ । राष्ट्रिय सभा भवनमा भुइँ तलामा सय र बाल्कोनीमा दुई सय गरी तीन सय जना अट्नेछन् । सबै पार्टीको संसदीय दल कार्यालय यही बन्ने श्रेष्ठले बताए ।


प्रकाशित : मंसिर १९, २०७८ १९:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×