कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

३३ किलो सुनकाण्डका फरार अभियुक्त पक्राउ

काठमाडौँ — प्रहरीले ३३ किलो सुनकाण्डका फरार अभियुक्त कृष्णगोपाल अग्रवाललाई पक्राउ गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी गरिएका अग्रवाललाई पक्राउ गरिएको जानकारी दिएको हो ।

३३ किलो सुनकाण्डका फरार अभियुक्त पक्राउ

'सन्जिव शाक्यको जाहेरीले गोरे भन्ने चुडामणि उप्रेतीसमेत भएको आपराधिक समूह स्थापना र संजाल गरी सुनको अवैध चोरी पैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तब्य ज्यान मुद्दामा संलग्न भई फरार रहेका प्रतिवादीहरू मध्येका अग्रवाल दुबईबाट नेपाल आउँदैछन् भन्ने सूचनाको आधारमा तत्काल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले अग्रवाललाई पक्राउ गरेको हो,' प्रहरीले भनेको छ ।

अग्रवालविरुद्ध जिल्ला अदालत मोरङबाटसमेत वारेन्ट जारी भएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङको पहलमा २०७५ साउन ८ गते अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल महासचिवालयबाट अग्रवालविरुद्ध रेड नोटिस जारी भएको थियो ।

अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङबाट उक्त अभियोगमा कारबाही गर्ने गराउने प्रयोजनका लागि महानगरीय प्रहरी वृत्त गौशाला, काठमाडौंमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : मंसिर १९, २०७८ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?