कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सरकारका सबै काम हुन दिएर संसद्‍ अवरूद्ध गरेँ भन्नुको औचित्य छैन : रावल

काठमाडौँ — एमाले नेता भीमबहादुर रावलले संसद्मा सरकारका काम हुन दिई सांसदले बोल्न रोक्ने गरी भइरहेको अवरोध अन्त्य गर्नुपर्ने बताएका छन् । मंसिर २८ गतेदेखि संसद्को हिउँदे अधिवेशन आह्वान भएको अवस्थामा उक्त अधिवेशन सुचारु हुन दिनुपर्ने रावलले बताएका हुन् ।

सरकारका सबै काम हुन दिएर संसद्‍ अवरूद्ध गरेँ भन्नुको औचित्य छैन : रावल

रावलले आइतबार सामाजिक सञ्जालमार्फत् जनताको पक्षमा आवाज उठाउने थलो संसद्मा सरकारका काम हुन दिएर अवरुद्ध गरे भन्नुको अर्थ नहुने धारणा सार्वजनिक गरेका हुन् ।

'संसद् देश र जनताको पक्षमा बहस गर्ने र आवाज उठाउने थलो हो । सरकारका सबै कामकारबाही हुन दिई संसद् अवरूद्ध गरे भन्नुको औचित्य छैन,' रावलले भनेका छन्, 'कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्न सक्नुपर्‍यो नभए त्यसबारे जनताको आवाज उठाउन पाउनु पर्‍यो । अन्यथा म कुटे जस्तो गर्छु, तँ रोए जस्तो गर भनेझैं ठहर्छ ।'

संघीय संसद्को यसअघिको अधिवेशनभर एमालेले अवरोध गरेको थियो । पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहितका सांसदहरूलाई संसद्मा उपस्थित गराए सदन सञ्चालन हुन नसक्ने एमालेको अडान छ । नेपालको नेतृत्वमा एमाले विभाजित भएर नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी अधिवेशन पनि संसद् अवरोध जारी राख्ने घोषणा गरिसकेका छन् । यस्तो अवस्थामा रावलले संसद्का सबै कामकाबाही बन्द गर्न सक्नुपर्ने नभए अवरुद्ध गरेजस्तो गरी सांसदको आवाज उठाउन पाउन हक रोक्न नहुने बताएका हुन् । यसअघिको अधिवेशनमा एमालेको अवरोधका बीच बजेट लगायतका एजेन्डा सरकारले पारित गरेको थियो । सांसदहरूले भने आफ्ना धारणा राख्न पाएका थिएनन् ।

प्रकाशित : मंसिर १९, २०७८ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?