कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रकृति बिगारेर होइन सिँगारेर विकास गर्नुपर्छ : राष्ट्रपति भण्डारी

रासस

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिलाई बिगारेर नभएर सिँगारेर मुलुकको विकास गर्नुपर्ने भावना नीति निर्माणका सबै तहमा स्थापित गर्नुपर्ने बताएकी छन् ।

प्रकृति बिगारेर होइन सिँगारेर विकास गर्नुपर्छ : राष्ट्रपति भण्डारी

मानव र प्रकृति एकअर्कासँग जोडिएको भन्दै मानव अस्तित्व पर्यावरणको सन्तुलनसँग गाँसिएको हुने उनले बताइन् । सामुदायिक वन उपभोक्ता महासंघले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

समाजमा अझै पनि लैंगिक हिंसा विभिन्न रूपले अस्तित्वमा रहिरहनु चिन्ताको विषय भएको उनले बताइन् । 'एकातिर छाउपडी, बोक्सी, दाइजोजस्ता कुप्रथा निर्मूल गर्न संघर्ष गर्नुपरेको छ भने अर्कोतिर कार्यस्थल तथा सार्वजनिक क्षेत्रमा हुने दुर्व्यवहार एवं प्रविधिका माध्यमबाट महिलाविरुद्ध हुने हिंसा तथा शोषणाका नयाँ रूप प्रकट भइरहेका छन् । यी विकृतिको अन्त्य गर्न नीति र कानुनको निर्माण एवं तिनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोतर्फ सम्बद्ध सबै निकायको ध्यानाकर्षण गराउँदछु,' राष्ट्रपति भण्डारीले भनिन् ।

यस्तै समाजबाट लैंगिक हिंसा उन्मूलन गर्न महिला र पुरुष दुवैको उत्तिकै सक्रियता आवश्यक रहेको पनि उनको भनाइ थियो । यस्ता अभियानमा आफ्नो क्षेत्रबाट योगदान गर्न सरोकारवाला सबै सरकारी निकाय तथा सामाजिक संघसंस्थालाई आह्वान गरेकी थिइन् ।

प्रकाशित : मंसिर १९, २०७८ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?