कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

देशभर पुस्तान्तरणको मुद्दा लिएर जाने छु : लिङ्देन

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र मात्रै नभएर अन्य देशका पार्टीमा पनि पुस्तान्तरणको विषय अघि बढ्ने बताएका छन् । 

देशभर पुस्तान्तरणको मुद्दा लिएर जाने छु : लिङ्देन

प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रम बोल्दै पुस्तान्तरणको विषय सुरु भएको बताएका छन् । 'राप्रपामा मात्रै होइन देशमै पुस्तान्तरणको मुद्दा लिएर जाने छु,' लिङ्देनले भने 'राप्रपाको महाधिवेशनलाई देशका अन्य पार्टीका मानिस, बुद्धिजीवी र पत्रकारको ध्यान कम आकर्षित भएका छन् । यो ध्यानाकर्षण एमालेको महाधिवेशन भन्दा कम छैन ।'

उनले राप्रपालाई वैकल्पिक प्रजातान्त्रिक शक्तिमात्रै नभएर केन्द्रको रुपमा स्थापना गर्ने प्रयास हुन्छ । नेतृत्वका लागि शनिबार भएको निर्वाचनमा कमल थापालाई पराजित गर्दै राप्रपाको बागडोर लिङ्देनको हातमा पुगेको हो ।

कार्यक्रमा थापाको अनुपस्थितिलाई समेत सम्बोधनको क्रममा लिङ्देनले उठाएका थिए । 'कमल थापा पनि यहाँ हुनु भएको भए सुनमा सुगन्ध हुन्थ्यो । फेरि पनि पूर्ण विश्वासमा छु, हामीसँगै हुनेछौं । उहाँहरुको योगदान राप्रपाले सधैं प्राप्त गर्ने छ', लिङ्देनले भने, 'पार्टीका संस्थापक अध्यक्ष लोकेन्द्रबहादुर चन्दको भूमिका सदा जीवित राख्ने छौं ।' उनले निरन्तरतासहितको परिवर्तन देशका लागि मात्रै नभएर पार्टीमा पनि लागू हुने बताए ।

उनले नेतृत्वको मूल्याकंन आफ्नो क्षेत्रमा कति स्थानीय तह जित्यो भन्ने आधारमा हुने बताए । सम्बोधनको क्रममा उनले राजनीतिक एजेन्डा पुनर्स्थापना गर्नका लागि सदन र सडक दुवैबाट दबाब दिने बताएका छन् । राप्रपाले स्थानीय स्वायत्ततासहितको हिन्दु अधिराज्य स्थापना गर्ने एजेन्डा उठाउँदै आएको छ ।

प्रकाशित : मंसिर १९, २०७८ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?