२४ घण्टामा नेपालमा २०० जनामा कोरोना पुष्टि, ४३६ निको, १ जनाको मृत्यु


काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९९५ जनामा पीसीआर परीक्षण गर्दा २०० जनामा संक्रमण देखिएको हो । २ हजार ७५२ जनामा एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको मन्त्रालयले आइतबार सार्वजनिक मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

एन्टिजेन र पीसीआर गरी १० हजार ७४७ परीक्षण गर्दा २०५ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा ४३६ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा हालसम्म कोरोनाबाट ८ लाख २२ हजार ५९२ जना संक्रमित भएका छन् । यस्तै, ८ लाख ४ हजार ५४४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना निको हुने दर ९७.८ प्रतिशत छ ।
२४ घण्टाको अवधिमा १ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमणबाट ११ हजार ५४१ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हाल देशमा सक्रिय संक्रमितको संख्या ६ हजार ५०७ रहेको छ । यस्तै, ९७ जना क्वारेन्टाइनमा छन् ।
२४ घण्टामा ५७ हजार ९३० जनाले खोप लगाएका छन् ।