कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘लैंगिक हिंसाका मुद्दा सम्बोधनमा संचारमाध्यामको भूमिका महत्वपूर्ण’

काठमाडौँ — लैंगिक हिंसाका मुद्दा सम्बोधनमा संचारमाध्यामको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरूले बताएका छन् ।  लैंगिक हिंसा विषयमा संचारमाध्याम संवेदनशील भएको उल्लेख गर्दै सरोकारवालाहरूले लैंगिक हिंसाबिरुद्ध बनेका कानुन, नीतिलाई व्यावहारिक रुपमा कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

‘लैंगिक हिंसाका मुद्दा सम्बोधनमा संचारमाध्यामको भूमिका महत्वपूर्ण’

‘लैंगिक हिंसाका मुद्दाहरू सम्बोधनमा मिडियाको भूमिका’विषयक अन्तर्क्रियमा उनीहरूले बिगतभन्दा फरक माध्यामबाट लैंगिक हिंसा भइरहेको बताए ।

पत्रकार बबिता बस्नेतले सामाजिक संजालको माध्यामबाट हुने लैंगिक हिंसा बढ्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि साइबर ल आवश्यक भएको बताइन् । ‘सामाजिक संजालबाट हुने लैगिक हिंसाका लागि साइबर अपराध सम्बनधी कानुन आवश्यक देखिन्छ’ उनले भनिन्, ‘मिडियाको नाममा थप लैगिक हिंसालाई बढावा दिने काम भएको छ ।’

संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले लैगिंक हिंसा न्युनीकरण सम्बन्धी कानुन, नीति समय अनुसार परिमार्जन गरी व्यावहारिक बनाउन मन्त्रालय प्रतिबद्ध भएको बताए । उनले संचार माध्याममा सकरात्मकविषयवस्तु सम्प्रेषण भएमा सकरात्मक भूमिका खेल्ने बताए । पत्रकार अखण्ड भण्डारीले संचार माध्यममा महिला पत्रकारको सहभागिता बढ्दै जानु सकरात्मक भएको उल्लेख गर्दै संचार माध्याम लैंगिक हिंसा न्यनीकरणका लागि झन् जिम्मेवार भएको बताए । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले लैंगिक हिंसा सम्बन्धी आउने उजुरी तत्काल छानबिन गरी टंगोमा पुगेको बताए । संचारिका समूहकी अध्यक्ष नितु पण्डितले लैगिक हिंसाका मुद्दा सम्बोधनमा संचार माध्यमका समाचार कक्षमा महिला सहभागिता बढाउनु पर्ने बताइन् ।

प्रकाशित : मंसिर १९, २०७८ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?