कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

राप्रपाको प्रमाणपत्र वितरण कार्यक्रममा आएनन् थापा

काठमाडौँ — राष्ट्रिय प्रताजन्त्र पार्टीको हालै सम्पन्न महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा निवर्तमान अध्यक्ष कमल थापा भने उपस्थित भएका छैनन् ।

राप्रपाको प्रमाणपत्र वितरण कार्यक्रममा आएनन् थापा

आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनीसहित अधिकांश नेता तथा कार्यकर्ताहरूको उपस्थिति भए पनि थापा भने उपस्थित भएनन् । राजेन्द्र लिङदेन अध्यक्षमा निर्वाचित भएपछि थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले ठाडो हस्तक्षेप गरेको आरोप लगाएका थिए ।

उनले अब छिट्टै राजसंस्था आउनेमा बधाइ भन्दै पूर्वयुवराज्ञी हिमानी शाहलाई व्यंग्यसमेत गरेका थिए । आइतबार नै थापाले आफू निकट कार्यकर्ताहरूको भेलासमेत बोलाएका छन् ।

२०६१ सालदेखि लगातार अध्यक्ष रहेका थापा पछिल्लो महाधिवेशनमा लिङदेनबाट १९९ मतान्तरले पराजित भएका हुन् । शनिबार राति सम्पन्न मतगणना अनुसार लिङदेनले १८१७ मत ल्याएका थिए भने थापा १६१८ मतमा सिमित भए ।

लिङ्देनको विजय : नेतृत्व पुस्तान्तरण कि निर्मल निवासको शक्ति आर्जन ?


प्रकाशित : मंसिर १९, २०७८ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?