१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बिइङ ह्युमनका म्यानेजर स्रोत नखुलेको रकमसहित पक्राउ

काठमाडौँ — 'बिइङ ह्युमन'का म्यानेजर तथा व्यापारी हिरोसी खनाल स्रोत नखुलाएको रकमसहित पक्राउ परेका छन् । काठमाडौंको दरबारमार्गस्थित खनालले सञ्चालन गरेको कपडा पसलबाट शुक्रबार साँझ साढे ५ बजे प्रहरीले पक्राउ गरेको हो ।

बिइङ ह्युमनका म्यानेजर स्रोत नखुलेको रकमसहित पक्राउ

प्रहरीका अनुसार खनाललाई विशेष सूचनाका आधारमा ६९ लाख ५० हजार रुपैयाँसहित कपडा पसलबाटै पक्राउ गरिएको हो ।

खनाललाई पक्राउ गरी ललितपुरको पुल्चोकस्थित सम्पत्ति शुद्दिकरण अनुसन्धान विभागमा पठाइएको छ । 'दरवारमार्गस्थित बिइङ ह्युमन कपडा पसलमा गई चेकजाँच गर्दा श्रोत नखुलेको रकम जम्मा ६९,५०,००० रुपैयाँ फेला परेको हुँदा बरामदी मुचुल्कासमेत गरी सोधपुछ गर्दा श्रोत खुलाउन नसकेकोले म्यानेजर हिरोसी खनाललाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर काठमाडौं ल्याई अनुसन्धान गरी थप अनुसन्धान तथा कारवाहीको लागि सम्पत्ति शुद्दिकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाइएको छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीको हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा जनाइएको छ ।

खनाललाई प्रहरीको महानगरीय प्रहरी वृत्त दरवारमार्ग र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ गरेको विज्ञप्तिमा जनाइएको छ । भारतीय कलाकार सलमान खानले सुरु गरेको बिइङ ह्युमन एक परोपकारी संस्थाको रुपमा चिनिन्छ ।

प्रकाशित : मंसिर १९, २०७८ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?