२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

'सगुन' चढाएर मुख्यमन्त्री पाण्डेले गरे मरिणखोलाको पुल शिलान्यास

राजकुमार कार्की

सिन्धुली — वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले रक्सी चढाएर पुलको उद्घाटन गरेका छन् । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका २ र ४ नम्बर वडा जोड्ने मरिणखोलाको आरसीसी पुल शनिबार मुख्यमन्त्री पाण्डेले बोतलमा ल्याएको निगार रक्सी सगुन चढाएर पुलेको शिलान्यास गरेका हुन् ।

'सगुन' चढाएर मुख्यमन्त्री पाण्डेले गरे मरिणखोलाको पुल शिलान्यास

लामा गुरु रुपबहादुर लामाले पुल निर्माण सफलताको लागि भूमिपति पूजामा सगुन चढाउन भनेर दिएपछि पाण्डेले एक बोतल निगार पुलको जग राख्ने खाल्डामा चढाएका थिए ।

मुख्यमन्त्री पाण्डेले शिलान्यास गरेको पुल डेढ वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी १९ करोडमा रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

प्रादेशिक सडक डिभिजन कार्यालयमार्फत मरिणखोलामा निर्माण हुने पुलले हरिहरपुरगढी गाउँपालिका ४ को हाक्पारा र २ को बखफुर जोड्ने छ । २६२ मिटर लम्बाइ रहेको पुलमा स्पान संख्या ५ रहेको छ ।

१ दशमलव २ मिटरको फुटपाथ समेत रहने आयोजनाका इन्जिनियर देवनारायण यादवले जानकारी दिए । ४ सय मिटर नदी नियन्त्रण समेत रहेको कामको ठेक्का हिम्दुङ, थोक्कर, इम्यानुयल सारस जेभीले पाएका छन् ।

पुल शिलान्यास गर्दै मुख्यमन्त्री पाण्डेले आफ्नो कार्यकालमा एक रुपैयाँ पनि अनियमितता हुन नदिने ठोकुवा गरे । भ्रष्टाचारले मुलुक आक्रान्त भएको भन्दै एकरुपैयाँ दाम पनि अनियमितता भएमा आफू खरो प्रस्तुत हुने उनको भनाइ थियो ।

प्रकाशित : मंसिर १८, २०७८ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?