२४ घण्टामा नेपालमा २२० जनामा कोरोना पुष्टि, ३९२ निको, ५ जनाको मृत्यु 

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २९५ जनामा पीसीआर परीक्षण गर्दा २२० जनामा संक्रमण देखिएको हो । १ हजार ५०२ जनामा एन्टिजेन परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको मन्त्रालयले शनिबार सार्वजनिक मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

२४ घण्टामा नेपालमा २२० जनामा कोरोना पुष्टि, ३९२ निको, ५ जनाको मृत्यु 

एन्टिजेन र पीसीआर गरी ६ हजार ७९७ परीक्षण गर्दा २३८ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा ३९२ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोनाबाट ८ लाख २२ हजार ३९२ जना संक्रमित भएका छन् । यस्तै, ८ लाख ४ हजार १०८ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत छ ।

२४ घण्टाको अवधिमा ५ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमणबाट ११ हजार ५४० जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

हाल देशमा सक्रिय संक्रमितको संख्या ६ हजार ७४४ रहेको छ । यस्तै, ९८ जना क्वारेन्टाइनमा छन् ।

२४ घण्टामा १ लाख ३० हजार ६८८ जनाले खोप लगाएका छन् ।

प्रकाशित : मंसिर १८, २०७८ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?