शान्ति सेना २८औं डफ्फाको पहिलो टोली कंगो प्रस्थान- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शान्ति सेना २८औं डफ्फाको पहिलो टोली कंगो प्रस्थान

रासस

काठमाडौँ — संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका सिलसिलामा अफ्रिकी मुलुक कंगोमा तैनाथ हुन २८औं डफ्फाको पहिलो टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ ।

त्यहाँ तैनाथ भवानीदल गण २७औं डफ्फालाई बदली गर्न फष्ट रैफल गण २८औं डफ्फाको शान्ति सेनाको पहिलो टोली प्रस्थान गरेको हो । प्रमुख सेनानी वसन्तबहादुर गौतमको नेतृत्वमा २१९ शान्ति सैनिक मिसन इलाका प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले ६ दशकदेखि संयुक्त राष्ट्रसंघका विभिन्न मिसनमा सहभागी भई द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । कोभिड–१९ संक्रमणबीच सम्पूर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप अदली बदलीको व्यवस्थापन गरिएको सेनाले जानकारी दिएको छ ।

प्रकाशित : मंसिर १८, २०७८ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्

न्युजिल्याण्डका बलर एजाज पटेलले एकै इनिङमा १० विकेट झारे

एजेन्सी

मुम्बई — न्युजिल्यान्डका बलर एजाज पटेल एक्लैले भारतविरुद्धको दोस्रो टेष्टको पहिलो इनिङमा सबै १० विकेट झारेका छन् । मुम्बाइमा जारी खेलमा पटेलले भारतका सबै खेलाडीलाई एक्लैले आउट गरेका हुन् ।


टेष्ट क्रिकेटमा एकै इनिङमा १० विकेट लिने कीर्तिमान बनाउने पटेल तेस्रो खेलाडी हुन् । यसअघि भारतका अनिल कुम्बले र इंग्ल्याण्डका जिम लेकरले पनि एकै इनिङमा १० विकेट पनि लिएका थिए ।

कुम्बलेले सन् १९९९ मा पाकिस्तानविरुद्ध र लेकरले सन् १९५६ मा अस्ट्रेलियाविरुद्ध यस्तै प्रदर्शन देखाएका थिए । मुम्बाईमा जारी खेलमा पटेलले १ सय १९ रन दिएका भारतको १० विकेट झारिदिएका हुन्।

उनले ४७ ओभर ५ बल फालेका थिए । अल आउट हुनअघि भारतीय ब्याट्सम्यानले ३ सय २५ रन मात्रै जोड सके । न्युजिल्यान्डको तर्फबाट ११ टेष्ट म्याच खेल्दै गरेका पटेलको जन्म सन् १९८८ मा मुम्बईमा भएको थियो ।

दोस्रो टेष्टमा पहिलो इनिङमा भारतका लागि मयंक अग्रवालले १ सय ५० रनको इनिङ खेले । अक्सर पटेलले ५२ रन बनाए । एजाजले कप्तान विराट कोहली, चेतेश्वर पुजारा र रविचन्द्र अश्विनलाई डक आउटा गरेका थिए ।

प्रकाशित : मंसिर १८, २०७८ १४:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×