कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

तीन विधामा ७८ सालको अन्तर्दृष्टि पुरस्कार घोषणा

काठमाडौँ — २०७८ सालका लागि तीन विधामा ‘अन्तर्दृष्टि पुरस्कार’ घोषणा गरिएको छ ।

तीन विधामा ७८ सालको अन्तर्दृष्टि पुरस्कार घोषणा

अपांगता भएका व्यक्तिहरूको ३०औं अन्तर्राष्ट्रिय दिवस– डिसेम्बर ३, २०२१ को उपलक्ष्यमा शुक्रबार तीन विधामा घोषणा भएको उक्त पुरस्कार डा. कमल लामिछानेले २०७७ सालमा स्थापना गरेका हुन् ।

देशभरका समावेशी शिक्षा सञ्चालित विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूको सर्वेक्षणका आधारमा ‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’ तथा ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’का लागि एक शिक्षक र एक विद्यार्थी छनोट गरिएको हो भने पत्रकारितातर्फ 'अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’ को घोषणा गरिएको हो ।

अन्तर्दृष्टि नमूना शिक्षक पुरस्कार लुम्बिनी प्रदेशस्थित कपिलवस्तुको सिद्धार्थ स्मारक माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक रोमहर्ष पन्थीलाई प्रदान गरिने भएको छ । अन्तर्दृष्टि हातेमालो पुरस्कार पनि लुम्बिनी प्रदेशस्थित कपिलवस्तुको सिद्धार्थ स्मारक माध्यमिक विद्यालयकै कक्षा ८ मा अध्ययनरत विद्यार्थी ममता भट्टराईलाई प्रदान गरिने भएको छ ।

यस्तै, अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी विद्या राईलाई प्रदान गरिने भएको अन्तर्दृष्टि पुरस्कार समितिका संयोजक होमनाथ अर्यालले जनाएका छन् ।

शिक्षक पुरस्कारको रकम रू. २० हजार, हातेमालो पुरस्कारको रकम रू. १० हजार र पत्रकारिता पुरस्कारको रकम रू. १० हजार रहेको छ ।पुरस्कार वसन्तपञ्चमीका दिन प्रदान गरिनेछ ।

प्रकाशित : मंसिर १७, २०७८ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?