कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कक्षा १२ को नतिजा आज आउँदै

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार प्रकाशित गर्ने भएको छ ।  नतिजा प्रकाशनको अन्तिम तयारीका लागि भन्दै  बिहान ९ बजेपछि बोर्डको बैठक डाकिएको छ  ।

कक्षा १२ को नतिजा आज आउँदै

नतिजा प्रकाशन गर्ने तयारी पूरा भएको बोर्डले निर्णय गरेपछि सार्वजनिक हुने बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । त्यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो । यसअघि वैशाखमा परीक्षा गर्ने तयारी थियो ।

विद्यार्थीले पढेकै विद्यालयमा परीक्षा केन्द्र कायम गरी लिइएको परीक्षामा ३ लाख ७१ विद्यार्थी सहभागी थिए ।

प्रकाशित : मंसिर १७, २०७८ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?