कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

कांग्रेसमा युवालाई नेतृत्वको अवसर छ : निधि

सन्तोष सिंह

धनुषा — नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औं महाधिवेशनले युवाहरुलाई नेतृत्वका लागि अवसर दिने नीति अवलम्बन गरेको बताएका छन् । निधिले भने,‘कांग्रेसमा धेरै युवा प्रतिनिधि चुनिएका छन् । युवालाई सहभागीमात्रै गराएर हुँदैन । नेतृत्वको अवसर दिनुपर्छ । युवाका लागि सहजताको प्रतिबद्धता कांग्रेसमा अवलम्बन गर्नु पर्छ ।’ 

कांग्रेसमा युवालाई नेतृत्वको अवसर छ : निधि

कांग्रेसमा ४० प्रतिशतभन्दा बढी युवापुस्ता आएको उनले बताए । जनकपुरमा बिहीबार कांग्रेसको प्रथम प्रदेश अधिवेशन प्रदेश २ को उद्घाटन सभालाई सम्बोधन गर्दे उपसभापति निधिले कांग्रेसको १४ औं महाधिवेशन निर्वाचनसँग जोडिएको बताए । संविधान र शासन प्रणाली कार्यान्वयनका लागि आगामी निर्वाचनमा बहुमतसहित नेपाली कांग्रेसको एक्कल सरकार आवश्यक रहेको निधिले बताए ।

'देशमा बहुमतका लागि प्रदेश २ मा कांग्रेसलाई बहुमत चाहिएको छ,' निधिले भने,‘कांग्रेसले मात्रै संविधानको कार्यान्वयन गराउन सक्छ । मधेस र पहिचानको अधिकार कांग्रेसले मात्रै पूरा गर्न सक्छ ।’'मंसिर महिनाभित्रै कांग्रेसको १४ महाधिवेशन सम्पन्न गरी आगामी ३ वटै तहको निर्वाचनमा कांग्रेसलाई बहुमत ल्याउनु कांग्रेस र कांग्रेसीको महत्वपूर्ण जिम्मेवारी रहेको छ', उनले भने ।

कार्यक्रममा कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य चित्रलेखा यादव, आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, रामकृष्ण यादवलगायतकाले सम्बोधन गरेका थिए । कांग्रेसको वडा तहको अधिवेशन नसकिँदै प्रदेश अधिवेशन उद्घाटन गरिएको छ ।

प्रदेश २ को ८ जिल्लामा जिल्ला अधिवेशन हुन सकेको छैन । वडा, पालिका, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियासमेत टुंगो लाग्न सकेको छैन ।

प्रदेश २ मा कांग्रेसको महाधिवेशन तालिका फेरबदल गरिएको निर्वाचन संयोजक रमेश रिजालले बताए । मंसिर १८ गते उम्मेदवारी दर्ता र १९ गते मतदानको समय तोकिएको रिजालले बताए ।

प्रकाशित : मंसिर १६, २०७८ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?