३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

४४ लिटर रक्तचन्दनको तेलसहित २ पक्राउ

काठमाडौँ — बूढानीलकण्ठ नगरपालिका–५ पञ्चकुमारी मन्दिर नजिकबाट प्रहरीले ४४ लिटर रक्तचन्दनको तेलसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछाप उमाकुण्ड गाउँपालिका–४ घरभई बालाजु बस्ने २७ वर्षीय रामबहादुर खत्री र कास्की लेखनाथ महानगर–१० घरभई बूढानीलकण्ठ बस्ने ४० वर्षीय गंगाबहादुर पुन छन् ।

४४ लिटर रक्तचन्दनको तेलसहित २ पक्राउ

प्रति लिटर ५ लाख रुपैयाँका दरले रक्तचन्दनको तेल अवैध कारोबार भई राखेको सूचनाको आधारमा बुधबार महानगरीय अपराध महाशाखाले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारबाहीको लागि रक्तचन्दनको तेलसहित डिभिजन वन कार्यालय हात्तीसार पठाइएको महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद पंगेनीले बताए ।

रक्तचन्दनको तेल भारतबाट नेपालगञ्ज हुँदै नेपाल भित्र्याई चीनतर्फ तस्करी गर्ने गरेको अनुसन्धानमा खुलेको महाशाखाले जनाएको छ ।

महाशाखाले नै गतसाता काठमाडौं महानगर–८ तिलगंगाबाट ३३ लिटर रक्तचन्दनको तेलसहित १० जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित : मंसिर १६, २०७८ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?