१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

२४ घण्टामा थपिए २९८ कोरोना संक्रमित, २०१ निको, ६ जनाको मृत्यु

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २९८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ९ हजार ५११ जनामा पीसीआर परीक्षण गर्दा २९८ जनामा संक्रमण देखिएको हो । १ हजार ८९२ जनामा एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको मन्त्रालयको सार्वजनिक तथ्यांकमा उल्लेख छ । 

२४ घण्टामा थपिए २९८ कोरोना संक्रमित, २०१ निको, ६ जनाको मृत्यु

एन्टिजेन र पीसीआर गरी ११ हजार ४०३ परीक्षण गर्दा ३१५ जनामा पोजिटिभ देखिएको छ ।

२४ घण्टामा २०१ जना संक्रमणमुक्त भएका छन् । यस्तै, २४ घण्टामा संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म कोरोनाबाट ८ लाख २१ हजार ९४९ जना संक्रमित भएका छन् । यस्तै, ८ लाख ३ हजार ३६९ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत छ । हालसम्म संक्रमणबाट ११ हजार ५३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

हाल देशमा सक्रिय संक्रमितको संख्या ७ हजार ४५ रहेको छ । यस्तै, ९८ जना क्वारेन्टाइनमा छन् ।

२४ घण्टामा १ लाख ४१ हजार ५५७ जनाले खोप लगाएका छन् ।


प्रकाशित : मंसिर १६, २०७८ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?