कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

निर्वाचनमा केन्द्रित हुन नेता, कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौँ — प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रित हुन नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनको बिहीबार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले केही महिनाभित्रै स्थानीय तहको र एक वर्षभित्र संघ र प्रदेशको निर्वाचन हुने भन्दै पार्टीको अधिवेशनलगत्तै चुनावतर्फ केन्द्रित हुन निर्देशन दिएका हुन् ।

निर्वाचनमा केन्द्रित हुन नेता, कार्यकर्तालाई देउवाको निर्देशन

उनले पार्टीभित्रको चुनाव हुने हार, जित स्वाभाविक प्रक्रिया र लोकतान्त्रिक अभ्यास भएको भन्दै आगामी दिनमा जनताको विश्वास जित्नेगरी चुनावमा केन्द्रित हुन आग्रह गरे । उनले भने, ‘हामी केही महिनाभित्रै स्थानीय तहको निर्वाचन, एक वर्षभित्र संघ र प्रदेशको निर्वाचनमा जाँदैछौं । त्यसैले पनि अधिवेशनलगत्तै हाम्रो ध्यान चुनावतर्फ केन्द्रित हुनुपर्दछ । हाम्रा आन्तरिक चुनावमा हुने जित, हार एउटा स्वाभाविक प्रक्रिया हो । लोकतान्त्रिक अभ्यास हो । त्यसैले तपाईंहरुले आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको रुपमा लिएर आगामी दिनमा जनताको विश्वास जित्नेगरी चुनावमा केन्द्रित हुनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

प्रधानमन्त्री देउवाले प्रदेश अधिवेशनमा कांग्रेसलाई थप सशक्त र बलियो बनाएर जनताको मन जित्ने रणनीति बनाउने विषयमा पनि छलफल गर्न आग्रह गरे । उनले लोकतन्त्र बलियो भए मात्रै मुलुक समृद्ध हुने भन्दै विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्नसक्ने दाबी गरे ।

प्रकाशित : मंसिर १६, २०७८ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?