३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

करार प्राध्यापकलाई स्वत: स्थायी गर्ने निर्णयको विरुद्ध सत्तारुढ विद्यार्थी संगठनको प्रर्दशन 

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले करारका प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णयकाविरुद्ध विद्यार्थीले विरोध र प्रर्दशन थालेका छन् ।

करार प्राध्यापकलाई स्वत: स्थायी गर्ने निर्णयको विरुद्ध सत्तारुढ विद्यार्थी संगठनको प्रर्दशन 

बुधबार नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववीयूले त्रिवि परिसरमा प्रर्दशन गरेको छ । त्रिवि सभाको बैठकले १० वर्षदेखि करारमा कार्यरत शिक्षक कर्मचारीलाई विशेष आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय खारेज हुनुपर्ने विद्यार्थीको माग छ । अनेरास्ववीयूकी महासचिव आरती लामाले आन्तरिक प्रतिस्पर्धाका प्राध्यापक नियुक्त गर्ने निर्णय मान्य नहुने बताइन् । ‘प्रतिस्पर्धाबाट मात्र नियुक्त गरिनुपर्छ, चोरबाटो गरिएको नियुक्ति स्वीकार गर्दैनौं,’ उनले भनिन् । त्रिविको उक्त निर्णयको विरोधमा संयुक्त विद्यार्थी संघसंगठनले पनि आन्दोलनको घोषणा गर्ने तयारी गरेको उनले जानकारी दिइन् ।

त्रिविले करारमा कार्यरत ४ सय ८० प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्वत: स्थायी गर्ने निर्णय गरेको छ ।

प्रकाशित : मंसिर १५, २०७८ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?