निर्वाचनको समयमा उम्मेदवारले ७-७ दिनमा खर्च वुझाउनु पर्ने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्वाचनको समयमा उम्मेदवारले ७-७ दिनमा खर्च वुझाउनु पर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले कुनै पनि तहको उम्मेद्वारले सात/सात दिनमा आम्दानी खर्च सार्वजनिक गर्नुपर्ने नियम बताएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तहको निर्वाचन हुँदा आम्दानी खर्चको जानकारी लिन अनुगमनका लागि ७ सय ५३ वटा अनुगमन समिति बनाउने बताएका छन् । त्यसैगरी प्रदेशका लागि ३ सय ३० र प्रतिनिधिससभाका लागि १ सय ६५ स्थानमै समित बनाउने प्रमुख आयुक्त थपलियाले बताए ।

'निर्वाचनको बेलाको हरेक सात/सात दिनमा आम्दानी खर्च सार्वजनिक गर्नुपर्ने नियम बनाएको र त्यसका लागि अब आयोगले यी कुराहरु हेर्नका लागि स्थानीय तहको निर्वाचन हुँदा ७५३ ठाउँमा अनुगमन गर्ने समिति, प्रदेशको निर्वाचन हुँदा ३३० ठाउँमा, प्रतिनिधिसभाको निर्वाचन हुँदा १६५ ठाउँमा अनुगमन समितिको व्यवस्था गरिएको छ,' थपलियाले भने ।

अहिले निर्वाचन सम्पन्न भएपछि सबै उम्मेदवारहरुले एकमुष्ठ रुपमा आम्दानी खर्चको विवरण बुझाउने व्यवस्था रहेको छ । आगामी मंसिर महिनाभित्र तीनै तहको निर्वाचन गरिसक्ने संवैधानिक बाध्यता छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रियसभाको निर्वाचनमा भने खाता, सम्पत्ति विवरण लगायका कुराहरु स्वयं आयोगले नै हेर्ने पनि बताए ।

प्रकाशित : मंसिर १५, २०७८ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्

नेपालमा जति पार्टी कम भए त्यति राम्रो : प्रधानमन्त्री देउवा 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा जति राजनीतिक दलहरू थोरै भए त्यति राम्रो हुने बताएका छन् । राप्रपाको बुधबार सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले भने, 'एउटै विचार भएकाको एउटा पार्टी बन्नु राम्रो हो । नेपालमा पार्टी जति कम हुन्छन् त्यति राम्रो हो ।' 

देउवाले मुलुकका राजनीतिक दलहरू महाधिवेशनमा व्यस्त भएको बताए । एमालेको महाधिवेशन भर्खरै सकिएको र कांग्रेसको महाधिवेशन आउँदै गरेको उल्लेख गर्दै देउवाले भने, 'सबै राजनीतिक दल महाधिवेशन गरिरहेका छन्, अहिले पार्टी महाधिवेशनको मेलाजस्तो छ ।'

प्रकाशित : मंसिर १५, २०७८ १५:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×