कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
एमाले महाधिवेशन

एमालेमा पहिलो पटक ३३ प्रतिशत महिला, पदाधिकारीमा समावेशीता बढ्यो

काठमाडौँ — नेकपा (एमाले)को पदाधिकारी र केन्द्रीय समिति समावेशी भएको छ । पदाधिकारीमा महिलाको संख्या बढेको छ भने दलित र मधेसीको पनि उपस्थिति भएको छ । 

एमालेमा पहिलो पटक ३३ प्रतिशत महिला, पदाधिकारीमा समावेशीता बढ्यो

एमालेको दसौं महाधिवेशनबाट पदाधिकारीमा २ महिला, १ दलित र १ मधेसी समुदायका नेताहरूको उपस्थिति भएको छ । मंगलबार सकिएको निर्वाचन परिणामले केन्द्रीय कमिटी र पदाधिकारीमा समावेशीता बढेको देखाएको हो ।

एमालेको पदाधिकारीमा २ महिला विजयी भएका छन् । उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा पद्मा अर्याल निर्वाचित भएका हुन् । त्यस्तै, दलित समुदायका छविलाल विश्वकर्मा र मधेसी समुदायका रघुवीर महासेठ निर्वाचित भएका छन् ।

३०१ सदस्यीय केन्द्रीय कमिटीमा पनि ३३ प्रतिशत महिलाको उपस्थिति सुनिश्चित भएको छ । उनीहरू अधिकांश निर्विरोध निर्वाचित भएका थिए भने केही निर्वाचनमार्फत केन्द्रीय कमिटीमा पुगेका हुन् ।

नवौं महाधिवेशनबाट २ जना महिला निर्वाचित भएका थिए । विद्यादेवी भण्डारी र अष्टलक्ष्मी शाक्य नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । भण्डारी राष्ट्रपति भएकी थिइन् । त्यतिबेला पदाधिकारीमा दलित र मधेसी समुदायको भने उपस्थिति थिएन ।

नवौं महाधिवेशनबाट एमालेको केन्द्रीय कमिटीमा ३० जनामात्रै महिलाको उपस्थिति थियो ।

प्रकाशित : मंसिर १४, २०७८ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?