कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

२४ घण्टामा थपिए २४५ कोरोना संक्रमित, २५६ निको, २ जनाको मृत्यु

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २४५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ४ हजार ३२९ जनामा पीसीआर परीक्षण गर्दा २४५ जनामा संक्रमण देखिएको हो । २ हजार १४० जनामा एन्टिजेन परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको मन्त्रालयको सार्वजनिक तथ्यांकमा उल्लेख छ । यस्तै, २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएको छ । 

२४ घण्टामा थपिए २४५ कोरोना संक्रमित, २५६ निको, २ जनाको मृत्यु

नेपालमा हालसम्म कोरोनाबाट ८ लाख २१ हजार ३६६ जना संक्रमित भएका छन् । यस्तै, ८ लाख २ हजार ९०९ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत छ । हालसम्म संक्रमणबाट ११ हजार ५२६ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

हाल देशमा सक्रिय संक्रमितको संख्या ६ हजार ९३१ रहेको छ । यस्तै, ९८ जना क्वारेन्टाइनमा छन् । २४ घण्टामा २ लाख ११ हजार ५५३ जनाले खोप लगाएका छन् ।

प्रकाशित : मंसिर १४, २०७८ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?