कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बागलुङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, बालक घाइते

प्रकाश बराल — बागलुङको बलेवास्थित कैयामा ट्याक्टर सडकदेखि खोलामा खस्दा २ जनाको मृत्यु भएको छ । एक जना बालक गम्भीर घाइते भएका छन् ।

बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयादेखि कुश्मीसेरा जाँदै गरेको ध १ च ३६० नम्बरको ट्याक्टर सोमबार बेलुकी कालीगण्डकी करिडोरको बलेवा कुश्मीसेरा सडक खण्डको भीरबाट खसेको जिल्ला प्रहरीका सूचना अधिकारी इकवाल हवारीले बताए ।

घटनामा मृत्यु हुनेमा नारायणस्थानकै अन्जादी ५५ वर्षीय शेरबहादुर विक र अन्दाजी ३२ वर्षीय गोरे नेपाली भएको वडा अध्यक्ष चक्रबहादुर खत्रीले बताए । घटनामा घाइते भएका १२ वर्षीय सुदिप केसीलाई उपचारका लागि पर्वत अस्पताल पठाइएको स्थानीयले बताए ।

घटनापछि ट्याक्टर चालक फरार भएका छन् । ट्याक्टर सडकदेखि दुई सय मीटर तल खसेको प्रहरीले बताएको छ । प्रहरी निरीक्षक विजय भण्डारीको नेतृत्वमा विपद् व्यवस्थापन गुल्मका प्रहरीसमेत घटनास्थलमा उद्धारका लागि पठाइएको हवारीले जानकारी दिए ।

प्रकाशित : मंसिर १३, २०७८ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?