१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

म्याग्दी जीप दुर्घटना : ३ को मृत्यु, ५ जना घाइते [अपडेट]

घनश्याम खड्का

म्याग्दी — सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका–१ बेग गाउँ जाँदै गरेको निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्बरको जीप सोही गाउँपालिका–१ घाप्पामा दुर्घटना हुँदा अन्दाजी ६२ वर्षीया काखिमनाथ शर्मा, खिम पुन र गौमाया विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

म्याग्दी जीप दुर्घटना : ३ को मृत्यु, ५ जना घाइते [अपडेट]

प्रहरी नायब उपरीक्षक श्याम राईका अनुसार घटनामा गाडीधनी समेत रहेका चालक दूतबहादुर पुन, मनोज पुन, भीम फगामी, बलबहादुर विक र नाम नखुलेका एक यात्रु घाइते छन् ।

घाइतेहरुको सदरमुकामस्थित बेनी अस्पतालमा उपचार भइरहेको छ । बेनी अस्पतालका अनुसार घाइतेहरुलाई थप उपचारका लागि पोखरा रिफर गर्न लागिएको छ ।

स्थानीय मिलन पुनका अनुसार उकालो सडकको साँघुरो घुम्तीमा जीपले टर्निङ लिन नसक्दा सडकदेखि झन्डै ५० मिटर तल जंगल भएको खोल्सामा खसेको थियो ।

प्रकाशित : मंसिर १३, २०७८ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?