यी हुन् सर्वसम्मत हुन नसकेको एमालेका १६ समूह

काठमाडौँ — एमालेको १०औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष र महासचिव,उपमहासचिव पदबाहेक पदाधिकारीका अन्य पदहरुमा उम्मेदवारी हुने भएको छ । एमालेका प्रमुख निर्वाचन आयुक्त विजय सुब्बाका अनुसार विभिन्न १६ समूहमा चुनावमार्फत नेतृत्व चयन चयन हुनेछ ।

यी हुन् सर्वसम्मत हुन नसकेको एमालेका १६ समूह

अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्विराेध नहुने भएको छ । अध्यक्षमा २, उपाध्यक्षमा ७ र सचिवमा ९ जनाको उम्मेदवारी परेको छ । निर्वाचनबाट १ अध्यक्ष, ५ उपाध्यक्ष र ७ सचिव चयन हुनेछन् ।

सुब्बाका अनुसार प्रदेश-१ र वाग्मती प्रदेशकाे खुला सदस्य, सम्पर्क समन्वय क्षेत्र, कर्णाली र सुदूरपश्चिमकाे खुला सदस्य, सुदूरपश्चिमकाे महिला सदस्य पदमा पनि निर्वाचन हुनेछ ।

यस्तै, आदिवासी जनजनति खुला सदस्य, आदिवासी जनजाति महिला, मधेसी खुला, दलितकाे खुला, थारुकाे खुला, महिला खुला, मुस्लिमकाे खुला र पिछडिएकाे क्षेत्रकाे खुला र महिलामा आवश्यक संख्याभन्दा बढीको उम्मेदवारी परेको छ ।

खुला केन्द्रीय सदस्यमा आवश्यक संख्याभन्दा बढीको उम्मेदवारी परेपछि निर्वाचन हुने एमालेको निर्वाचन समितिले जनाएको छ ।

उम्मेदवारी फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने केही समय बाँकी छ ।

प्रकाशित : मंसिर १३, २०७८ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?