कांग्रेस नेता पौडेललाई गृहजिल्लामै धक्का, देउवानिकट आले सभापतिमा निर्वाचित

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी रामचन्द्र पौडेललाई गृहजिल्लामै धक्का लागेको छ । पौडेलको गृहजिल्ला तनहुँमा आइतबार सम्पन्न जिल्ला अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार जितप्रकाश आले जिल्ला सभापतिमा विजयी भएका छन् । आफ्नै जिल्लामा पौडेलका उम्मेदवार पराजित भएका हुन् । 

कांग्रेस नेता पौडेललाई गृहजिल्लामै धक्का, देउवानिकट आले सभापतिमा निर्वाचित

पौडेलले आफ्ना विश्वासपात्र एवं व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलाई उम्मेदवार बनाएका थिए । न्यौपाने कांग्रेस तनहुँका बहालवाला सभापति पनि थिए । सभापतिमा विजयी भएका आलेले ९५१ मत पाएका छन् भने पराजित भएका न्यौपानेले ७८३ मत पाएका हुन् । जिल्ला निर्वाचन समितिका अनुसार अधिवेशनमा १७८५ मत खसेको थियो । उपसभापतिमा राजेन्द्रकुमार श्रेष्ठ र देवकुमार श्रेष्ठ विजयी भएका छन् ।

त्यस्तै सचिव पदमा लक्ष्मीभक्त खनाल र सहदेव अधिकारी विजयी भएको निर्वाचन समितिले जनाएको छ । दुई सहसचिवमा मिलन आले र परमेश्वर भट्टराई निर्वाचित भएका छन् ।

प्रकाशित : मंसिर १२, २०७८ २२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?