ओमिक्रोनको त्रास : डब्लूएचओले दियो नेपाललाई उच्च सतर्कता अपनाउन सुझाव- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओमिक्रोनको त्रास : डब्लूएचओले दियो नेपाललाई उच्च सतर्कता अपनाउन सुझाव

'जति छिटो संक्रमण नियन्त्रणका उपायहरु अवलम्बन गरिन्छ त्यति नै क्षति कम गर्न मद्दत पुग्छ'
कान्तिपुर संवाददाता

काठमाडौँ — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले 'नयाँ भेरियन्ट अफ कन्सर्न' ओमिक्रोन पत्ता लागेसँगै नेपाललगायत दक्षिण-पूर्वी एसियाका देशहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।

विश्व स्वास्थ्य संगठनको दक्षिण-पूर्वी एसिया हेर्ने क्षेत्रीय कार्यालयले एक प्रेस विज्ञप्ती जारी गर्दै सबै देशहरूले सर्भेलेन्स, जनस्वास्थ्यका मापदण्ड, सामाजिक दूरीका साथै खोप कार्यक्रमलाई बढावा दिनुपर्ने बताएको छ ।

'यस क्षेत्रका अधिकांस देशहरुमा कोभिड-१९ संक्रमितहरुको संख्या तुलनात्मक रुपमा कम हुँदै गएपनि विश्वका केही देशमा नयाँ भेरियन्ट फेला परेको छ । यसले अझैपनि संक्रमणको जोखिम पूर्णरुपमा हटिसकेको छैन र यसलाई नियन्त्रण गर्न हामीले हाम्रो सतप्रतिशत दिन जरुरी छ,' डब्लूएचओकी क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले भनिन् ।

विज्ञप्तीमा दक्षिण-पूर्वी एसियाका सबै देशहरुले सर्भेलेन्सका साथै सिक्वेन्सिङमा पनि जोड दिनुपर्ने बताइएको छ । यस्तै, सबैले अन्य देशबाट आफ्नो देशमा नयाँ भेरियन्टलाई भित्रिन नदिनका लागि अन्तर्राष्ट्रिय यात्रा गर्नेहरु माथि थप निगरानीका साथै नियन्त्रणका उचित उपायहरु उपनाउन समेत सुझाव दिएको छ ।

'जति छिटो संक्रमण नियन्त्रणका उपायहरु अवलम्बन गरिन्छ त्यति नै क्षति कम गर्न मद्दत पुग्छ । कोभिड-१९ गराउने भाइरस जति धेरै फैलिन्छ त्यति नै त्यसमा उत्परिवर्तन देखिन्छ र नियन्त्रण गर्न कठिन हुन्छ,' क्षेत्रीय निर्देशक सिंहले विज्ञप्तीमा भनेकी छन् ।

उनले अहिले पनि भाइरस नियन्त्रणको सबैभन्दा सजिलो उपाय भनेको मास्कको उचित प्रयोग, सामाजिक दूरी, भीडभाडबाट टाढा रहने, स्यानिटाइजेसन र खोपको प्रयोग नै रहेको बताएकी छन् । 'आजको दिनसम्ममा यस क्षेत्रका ३१ प्रतिशतले पूर्ण, २१ प्रतिशतले एक डोज तथा ४८ प्रतिशतले खोप लगाउन बाँकी रहेका छन् । त्यसैले ठूलो संख्या अहिले पनि संक्रमणको जोखिममा नै छन्,' उनले भनेकी छन् ।

प्रकाशित : मंसिर १२, २०७८ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्

पौडेलले अघि सारे कांग्रेस रूपान्तरणका १० सूत्र, भने- पार्टी लोकतन्त्रमा चुनौती पैदा भयो 

'महाधिवेशनमा नीति र कार्यक्रम बारे छलफल नहुने अवस्था भयो'
कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस रूपान्तरणका लागि १० सूत्र अघि सार्दै पार्टी लोकतन्त्रमा चुनौती पैदा भएको टिप्पणी गरेका छन् । अहिले मुलुक र पार्टीको आन्तरिक परिस्थिती नेतृत्वमात्रै परिवर्तन गरेर पुग्ने अवस्था नरहेको बताउँदै उनले पार्टीले एउटा अभियान नै चलाउनु आवश्यक रहेको बताए । 

आइतबार पार्टीका महामन्त्री शशांक कोइराला नेताहरु अर्जुनरसिंह केसी, रामशरण महत, कमला पन्त, जीवन परियारलगायतको उपस्थितिमा आइतबार पत्रकार सम्मेलन गर्दै आफूले पूरा जीवनभर लोकतन्त्र र समाजवादको पक्षमा वकालत गरेको तर अहिले आएर पार्टीभित्रै लोकतन्त्रमथि चुनौती पैदा भएको जनाएका छन् ।

सभापतिका आकांक्षी पौडेलले नेपाली संस्कृति, संस्कार र मुलुकको भविष्यका लागि यी सूत्र उपयोगी हुने बताए । 'महाधिवेशनमा नीति र कार्यक्रम बारे छलफल नहुने अवस्था भयो । त्यसैले यो छलफलका लागि यो प्रस्ताव अघि सारेको हुँ,' पौडेले भने ।

के-के हुन १० सूत्र ?

१. वर्तमान संविधानलाई निष्ठापूर्वक कार्यान्वयनमा ल्याऔं । समावेशी नेपाल साकार पारौं ।

२ कांग्रेसजनले पार्टी विधानको मर्यादामा रहेर न्याय, निष्पक्षता र पारदर्शी मूल्यांकनसहित आन्तरिक लोकतन्त्र र पार्टी एकता मजबुत पारौं ।

३. विकृति, विसंगती र भ्रष्टाचारलाई तह लगाउँदै देशमा समृद्धि र सुशासन कायम गरौं ।

४. राजनीतिलाई सम्मानित क्षेत्र बनाउन सिद्धान्त र विचारको बहसलाई अघि बढाउँ । राजनीतिमा निष्ठा र नैतिकता स्थापित गर्न संघर्ष गरौं ।

५. आर्थिक सामाजिक, सांस्कृतिक र राजनीतिक रुपले पछि पारिएका महिला, दलित, जनजाति र मधेसी तथा विपन्न जनता केन्द्रित नीति र कार्यक्रम अघि सार्दै कांग्रेसलाई 'प्याडिकल सेन्टर' बाटोमा हिँडाउने ।

६. निमुखालाई न्याय, विपन्नलाई आय हाम्रो मूल ध्येय हो । राज्यको सम्पति र स्रोतमाथि एउटै वर्ग र तप्काको मात्रै हालिमुहाली भएमा त्यो लोकतन्त्र हुनसक्दै न स्रोत र अवसरको असमान वितरणले अन्ततः लोकतन्त्रलाई नै धरापमा पार्छ । मानिसलाई विशुद्ध मानिसको रुपमा हेर्ने सहानुभूतिशील दृष्टिकोण हाम्रो समाजवाद हो स्वच्छन्दतावादी पुँजीवाद र एकमार्गी साम्यवाद दुवैबाट पृथक छ लोकतान्त्रिक समाजवाद । पहिले सबै बाँचौ अनि प्रतिस्पर्धा गरौं। राज्य अदना जनताप्रतिको जिम्मेवारीबाट पन्छिन सक्दैन । तर, जतासुकै हस्तक्षेप पनि गर्दैन ।

७. विधिको शासन, समयबद्ध कार्यसम्पादन, चिन्तन र कर्मको संयोजन कर्मशील कांग्रेसको नारा हो । सैद्धान्तिक स्पष्टता र उर्जाशील प्रस्तुति तन्नेरी कांग्रेसको निश्छल चरित्र हुनुपर्छ । कसैका एजेन्डा बोक्न पर्दैन, आफ्ना एजेन्डा छोड्न पर्दैन । सात सालदेखि समान्तविरोधी एजेन्डा बोकेको कांग्रेस जसले २०१५ सालमा दुईतिहाई जनमसर्थन प्राप्त गयो, त्यही लोकतान्त्रिक समाजवादको सैद्धान्तिक आलोकमा कांग्रेसलाई उजिल्याउन अथक प्रयाश गरौं

८. सबै जनतालाई खान लाउन पुग्ने कृषिक्रान्ति र पर्यटनको विस्तार गरौं । देशलाई समृद्ध पार्न उर्जाक्रान्ति र आफनै विशेषता र सम्भाव्यतासहितको औद्योगिक क्रान्ति गरौं ।

९. नेपाली विशेषता पहिचान गर्दै देशभक्तिको मर्म छुने, असंलग्नतामा आधारितहाम्रो राष्ट्रवादको विचारलाई अघि बढाऔं ।

१०. कम्युनिष्टले छरेका भ्रम र झुटा आश्वासनबाट नेपाली जनतालाई मुक्त गर्दै नेपाली कांग्रेस विचार शून्य र दिशाहीन छैन भन्ने प्रमाणित गर्दै यसलाई नेपाली जनताको भरोसाको केन्द्र बनाऔं ।राजनीतिलाई सम्मानित क्षेत्र बनाउन सिद्धान्त र विचारको बहसलाई अघि बढाउँ । राजनीतिमा निष्ठा र नैतिकता स्थापित गर्न संघर्ष गरौं ।विकृति, विसंगती र भ्रष्टाचारलाई तह लगाउँदै देशमा समृद्धि र सुशासन कायम गरौं ।

निमुखालाई न्याय, विपन्नलाई आय हाम्रो मूल ध्येय हो । राज्यको सम्पति र स्रोतमाथि एउटै वर्ग र तप्काको मात्रै हालिमुहाली भएमा त्यो लोकतन्त्र हुनसक्दैन । स्रोत र अवसरको असमान वितरणले अन्ततः लोकतन्त्रलाई नै धरापमा पार्छ । मानिसलाई विशुद्ध मानिसको रुपमा हेर्ने सहानुभूतिशील दृष्टिकोण हाम्रो समाजवाद हो । स्वच्छन्दतावादी पुँजीवाद र एकमार्गी साम्यवाद दुवैबाट पृथक छ लोकतान्त्रिक समाजवाद । पहिले सबै बाँचौं अनि प्रतिस्पर्धा गरौं । राज्य अदना जनताप्रतिको जिम्मेवारीबाट पन्छिन सक्दैन । तर, जतासुकै हस्तक्षेप पनि गर्दैन ।

प्रकाशित : मंसिर १२, २०७८ १५:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×