२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कांग्रेस महाधिवेशनको मुखमा निर्वाचन समितिका संयोजक फेरिए

- यादवको राजीनामा स्वीकृत, घिमिरे संयोजकमा नियुक्त

काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनको मुखमा निर्वाचन समितिका संयोजक फेरिएका छन् । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामा दिएपछि उनको ठाउँमा अर्का अधिवक्ता गोपालकृष्ण घिमिरेलाई मनोनयन गरिएको छ ।

कांग्रेस महाधिवेशनको मुखमा निर्वाचन समितिका संयोजक फेरिए

यादवले समितिमा रहेर काम गर्न नसक्ने भन्दै राजीनामा दिएका थिए । सभापति शेरबहादुर देउवाले उनको राजीनामा स्वीकृत गरेका छन् । यादवले आफूले विवादास्पद अवस्थामा पार्टीको महाधिवेशन गराउन नसक्ने भन्दै पटक–पटक पदबाट राजीनामा दिँदै आएका थिए ।

पछिल्लो पटक डडेलधुराको विवादलाई लिएर आन्दोलनरत पक्षसँग चर्को भनाभन भएपछि यादवले कार्यालय जानै छाडेका थिए । निर्वाचन समितिको काम नै रोकिने अवस्था भएपछि सभापति देउवाले उनको राजीनामा स्वीकृत गरेका हुन् । समितिको संयोजकको जिम्मेवारी पाएका घिमिरे निर्वाचन समितिकै सदस्य थिए ।

कांग्रेसको जिल्ला अधिवेशन चलिरहेको छ भने मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन हुँदैछ ।

प्रकाशित : मंसिर १२, २०७८ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?