कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

न्यायालयमा देखिएको समस्याबारे छिट्टै छलफल हुन्छ : अर्थमन्त्री शर्मा

हरि गौतम

रुकुम पश्चिम — अर्थमन्त्री जनार्दन शर्माले न्यायालयमा देखिएको विवादका सम्बन्धमा छिट्टै छलफल हुने बताएका छन् । यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले छिटै यस विषयमा छलफल हुने एउटा निष्कर्षमा पुग्ने मन्त्री शर्माको भनाई छ ।

न्यायालयमा देखिएको समस्याबारे छिट्टै छलफल हुन्छ : अर्थमन्त्री शर्मा

नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले आइतबार सदरमुकाम खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले प्रधानन्यायाधीशका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति नै सरकारको धारणा भएको बताए । ‘केही समयमै प्रधानन्यायाधीशका विषयमा छलफल गर्ने प्रधानमन्त्रीले भन्नुभएकै छ,’ अर्थमन्त्री शर्माले भने, ‘यसमा सरकारले ध्यान दिएको छैन भन्ने होइन ।’ न्यायालयमा देखिएको विवादबारे गठबन्धन दलमा पनि छलफल हुने उनको भनाई थियो ।

सबै राजनीतिक दल आआफ्नो पार्टीका कार्यक्रममा व्यस्त हुनुपर्ने भएकाले पनि केही ढिला हुनसक्ने उनले बताए । नेताहरुबीच एक चरणमा छलफल भइसकेको र दलहरु छिटै निचोडमा पुग्ने उनले बताए । गठबन्धनमा रहेका दल र प्रधानमन्त्रीले यस विषयमा बैठक गर्ने र त्यसबाट एउटा निर्णय हुने उनले बताए ।

बैठक कहिले हुन्छ भन्ने विषयमा भने उनले केही बताएनन् । यस विषयमा प्रधानमन्त्रीलाई आफूहरुले सुझाव दिइसकेको भन्दै उनले यस विषयमा आफ्नो व्यक्तिगत धारणा केही नभएको बताए । प्रधानमन्त्रीकै धारणा आफूहरुको धारणा भएको उनले दोहोर्‍याए ।

प्रकाशित : मंसिर १२, २०७८ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?