१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कांग्रेसको प्रचारप्रसार समितिले पायो पूर्णता

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशन प्रचारप्रसार समितिले पूर्णता पाएको छ । प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्मा संयोजकत्वको समितिलाई शर्माले पूर्णता दिएका हुन् ।

कांग्रेसको प्रचारप्रसार समितिले पायो पूर्णता

संयोजक शर्माले समितिमा केन्द्रीय सदस्यहरू जीवन परियार, किरण यादव, किरण गिरी र अभिषेक प्रताप शाहलाई मनोनीत गरेका छन् । त्यस्तै, आमन्त्रित केन्द्रीय सदस्यहरु जनकराज कलौनी र दिलीप राई पनि प्रचारप्रसार समितिमा मनोनीत भएका छन् ।

समितिको सदस्यका रुपमा पार्टीको सूचना, संचार तथा प्रचार विभागका पदाधिकारी एवं सदस्यहरु, भ्रातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरु, नेपाली जनसम्पर्क समितिका अध्यक्ष र संयोजकहरु, प्रेस युनियनका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरु, पूर्वकेन्द्रीय अध्यक्षहरु, केन्द्रीय समितिका सल्लाहकारहरु र जिल्ला एवं प्रतिष्ठान शाखाका सभापतिहरु पनि सदस्य रहनेछन् ।


प्रकाशित : मंसिर ११, २०७८ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?