कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कांग्रेस पाल्पामा पौडेलपक्षीय श्रेष्ठ विजयी 

माधव अर्याल

पाल्पा — कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पाल्पामा जिल्ला अधिवेशनले युवा नेता हिमालदत्त श्रेष्ठ भारी मतले विजयी भएका छन् । श्रेष्ठ वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको नेतृत्व गरेर चुनावमा उत्रिएका हुन् । ४१ वर्षीय श्रेष्ठले कुल खसेको १ हजार ३ सय १३ मतमध्ये ८ सय ९० मत पाएका छन् । श्रेष्ठ विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा होमिएका  युवा हुन् । 

कांग्रेस पाल्पामा पौडेलपक्षीय श्रेष्ठ विजयी 

उनका प्रतिस्पर्धी प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट उम्मेदवार बनेका कृष्णप्रसाद बस्यालले ३ सय ८१ मत पाए । बिहीबार राति अबेर सहमतिबाटै नेतृत्व चयन गर्ने प्रयास भएको थियो । उक्त प्रयास असफल भएपछि अन्तिम समयमा दुवै पक्ष निर्वाचनमा गएका हुन् ।

सभापति हित ६८ सदस्यीय जिल्ला कमिटीका लागि मतदान भएको हो । दुवै पक्ष प्यानलसहित चुनावमा उत्रिएका थिए । श्रेष्ठलाई यसअघिका जिल्ला सभापति वीरबहादुर रानालगायत टिमको समर्थन रहेको थियो । बस्याललाई कांग्रेसका पुराना नेता यमलाल तिमिल्सेना, पूर्व जिल्लासभापति राजनप्रसाद पन्त र केन्द्रीय सदस्य हरिप्रसाद नेपालको समर्थन थियो ।

अन्य पदाधिकारी पनि पौडेल पक्षबाटै निर्वाचित भए । उपसभापतिमा ज्ञानबहादुर गाहाले ७ सय ७३ र झपेन्द्रप्रसाद गहिरेले ७ सय ५४ मत ल्याएर निर्वाचित भए । सचिवमा सन्तोषकुमार थापाले ८ सय ७ र सुनिता अधिकारीले ७ सय ८५ मत पाए । सहसचिवमा विष्णु कुमाल थापाले ७ सय ४३ र हमिद मियांले ६ सय ४१ मत पाएका छन् ।

खुला सदस्य खस आर्यमा लक्ष्मणबहादुर रायमाझी, र सूर्यप्रसाद पोखरेल, महिलामा गीता खनाल र गीता गौतम निर्वाचित भए । आदिवासी जनजाति खुल्लामा अमिरबहादुर राना, कमल राना, गणेशप्रसाद श्रेष्ठ, युवराज चिदी र राजकुमार श्रेष्ठ, महिलामा इन्दिरा राना, काजल सारु, मिनाकुमारी श्रेष्ठ र सन्ध्या बज्राचार्य निर्वाचित भए । दलित महिलामा टेकबहादुर विक, महिलामा तारा रसाइली निर्वाचित भए मुख्य निर्वाचत अधिकृत दिनेश त्रिपाठीले बताए ।

अल्पसंख्यकमा जगन्नाथ कंडेल, केन्द्रीय महाधिवेशन प्रतिनिधि हेमराज गैरे र प्रदेश महाधिवेशन प्रतिनिधिमा सीता पंगेनी निर्वाचित भए । १० पालिकाबाट १२ पदका लागि पुरुष सदस्यको लागि तानसेन नगरपालिकाबाट पुरुषोत्तम अर्याल, मोहनप्रसाद श्रेष्ठ, बगनासकालीमा मुक्तिराम बस्याल, रम्भामा सुवि विश्वकर्मा निर्वाचित भए ।

रामपुरमा बुद्धिप्रकाश रेग्मी, हिमाल श्रेष्ठ, पूर्वखोलाबाट इन्द्रनारायण श्रेष्ठ, माथागढीबाट बालकृष्ण जिसी, तिनाउबाट विष्णुप्रसाद पाण्डे, रिब्दीकोटबाट माधव थापा, रैनादेवी छहराबाट दानबहादुर पौडेल र निस्दीबाट टेकबहादुर थापा निर्वाचित भए । १० महिला पदका लागि तानसेनमा गीता भट्टराई, बगनासकालीमा इन्दिरा भट्टराई, रम्भाबाट डिलाकुमारी रानाभाट, पूर्वखोलाबाट जयसरा बाह्रघरे, रामपुरबाट सावित्रा गौतम, निस्दीबाट सरस्वतीदेवी आचार्य, तिनाउबाट कमला कार्की, रिब्दीकोटबाट गिरिजा गैरे र रैनादेवी छहराबाट निर्मला पौडेल निर्वाचित भए ।

प्रकाशित : मंसिर ११, २०७८ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?