लिमीमा सैनिक हेलिकप्टरबाट खाद्यान्न पठाउने तयारी

मातृका दाहाल

काठमाडौँ — गृह मन्त्रालयले हुम्लाको लिमीमा खाद्यान्न ढुवानीका लागि नेपाली सेनाको सहयोग मागेको छ । गृहले रक्षा मन्त्रालयमार्फत नेपाली सेनालाई पत्र पठाउँदै लिमिमा सैनिक हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गर्न सहयोग मागेको हो । यद्यपि कहिले र कति कति खाद्यान्न ढुवानी गर्ने भन्ने विषयमा केही खुलाइएको छैन ।

लिमीमा सैनिक हेलिकप्टरबाट खाद्यान्न पठाउने तयारी

नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्भव पौडेलले गृह मन्त्रालयले रक्षा मन्त्रालयमार्फत लिमिमा खाद्यान्न ढुवानी गर्ने सम्बन्धमा पत्र पठाएको बताए । यस सम्बन्धमा कसरी, कति ढुवानी गर्ने विषयमा आवश्यक समन्वय भइरहेको उनले स्पष्ट पारे ।

हुम्लाको चीनसँग जोडिएको सीमावर्ती गाउँ लिमीका बासिन्दा खाद्यान्न ढुवानीको माग गर्दै आठमाडौं आइपुगेका छन् । त्यसपछि सरकारले खाद्य संकट हुन नदिन सैनिक हेलिकप्टरमार्फत ढुवानी व्यवस्था मिलाउन लागेको हो । बेलैमा ठेकेदारले खाद्यान्न ढुवानी नगर्दा लिमिका बासिन्दा भोकमरीको संकटमा गुज्रेका छन् ।

प्रकाशित : मंसिर ९, २०७८ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?