राप्रपामा ७५ प्रतिशत पदाधिकारी निर्वाचित हुनुपर्ने प्रस्ताव*

मकर श्रेष्ठ

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले ७५ प्रतिशत पदाधिकारी निर्वाचनबाट चुनिने गरी विधान संशोधनको प्रस्ताव गरेको छ । यसअघि अध्यक्षले मनोनित गर्ने गरेकोमा यही मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुन लागेको केन्द्रीय महाधिवेशनले निर्वाचनबाट पदाधिकारी चुनिने व्यवस्था गर्न लागेको हो ।

राप्रपामा ७५ प्रतिशत पदाधिकारी निर्वाचित हुनुपर्ने प्रस्ताव*

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले यो निर्णय पार्टीको ऐतिहासिक निर्णय भएको बताए । प्रस्तावित विधानमा अध्यक्षले ५० प्रतिशत मात्रै पदाधिकारी मनोनयन गर्न पाउने अधिकार प्रस्तावित विधानमा उल्लेख छ । यसरी मनोनित गर्दा पनि अल्पसंख्यक र अपांगता भएकालाई प्राथमिकता दिनुपर्ने हुन्छ ।

प्रस्तावित विधानमा केन्द्रीय कार्य समितिमा १ अध्यक्ष, ६/६ जना उपाध्यक्ष र महामन्त्री र एक जना कोषाध्यक्ष रहने प्रस्ताव गरिएको छ । त्यस्तै,सहमामन्त्री र सहयाक महामन्त्री ७/७ जना, सह कोषाध्यक्ष एकजना र सहयाक प्रवक्तासहितको केन्द्रीय समिति गठन हुने प्रावधान विधानमा प्रस्ताव गरिएको छ । यसरी प्रस्ताव गरिएका पदाधिकारीहरुमध्ये महाधिवेशनबाट अध्यक्ष, एक महिलासहित ३/३ जना उपाध्यक्ष र महामन्त्री र केन्द्रीय समितिका १४९ जना निर्वाचनबाट आउनुपर्ने विधानमा प्रस्ताव गरिएको छ । निर्वाचित भएर आउने १४९ केन्द्रीय सदस्यमध्ये ४९ जना महिला अनिवार्य हुनुपर्ने उल्लेख छ ।

राप्रपाका अध्यक्ष कमल थापाले पार्टीलाई समय अनुकुल सञ्चालन गर्न र प्रजातान्त्रिक बनाउन निर्वाचन प्रक्रियाबाट पदाधिकारी चुनिने व्यवस्था गरिएको बताए । 'यो प्रयास पहिलो पटक हो । ३० वर्षको अनुभवमा पार्टीलाई सशक्त बनाउन विधान सुधार गर्ने काम गरेका छौं,' उनले भने,'यसले पार्टीलाई मजबुत पनि बनाउँछ।'

* यसअघि प्रकाशित समाचारमा ७५ प्रतिशत हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । -सम्पादक ।

प्रकाशित : मंसिर ९, २०७८ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?