१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

भारतीय सेनाद्वारा नेपाली सेनालाई ५ ओटा वर्कसप ट्रक सहयोग 

काठमाडौँ — भारतीय सेनाले नेपाली सेनालाई ५ ओटा वर्कसप ट्रक सहयोग गरेको छ ।  नेपाल-भारत द्विपक्षीय परामर्श समूहको १३औं बैठकमा भएको सहमति अनुसार सेनालाई ती ट्रक बिहीबार हस्तान्तरण गरिएको हो ।

भारतीय सेनाद्वारा नेपाली सेनालाई ५ ओटा वर्कसप ट्रक सहयोग 

सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा भारतका सैनिक सहचारी कर्णेल अमित शर्माले हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयका निमित्त निर्देशक सहायक रथी कृष्णदेव भट्टलाई वर्कसप ट्रक हस्तान्तरण गरेका हुन् ।

यी ट्रक हातहतियार,लजिस्टक उपकरण तथा सामानहरु बोक्न प्रयोग हुने नेपाली सेनाले जनाएको छ ।

प्रकाशित : मंसिर ९, २०७८ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?