कुनै हालतमा एमालेसँग एकता हुँदैन  : माधव नेपाल

ज्योति कटुवाल

सुर्खेत — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले कम्युनिष्ट आन्दोलनबाट पतन भएका कारण उसँग एकताको कुनै सम्भावना नरहेको बताए ।

कुनै हालतमा एमालेसँग एकता हुँदैन  : माधव नेपाल

समाजवादी प्रेस संगठन सुर्खेतद्वारा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले विकृति, विसंगति, व्यक्तिवाद र गुटबन्दीमा लिप्त भएकाले एकता गर्न नचाहेको बताए ।

उनले भने, ‘अन्य पार्टीबाट आउन चाहनेहरूका लागि वार्ता, छलफल भइरहेको छ तर अहिले नै हामी अन्य पार्टीसँग एकता गर्दैनौं ।’ एमालेको शुक्रबारदेखि चितवनमा हुन लागेको दसौं महाधिवेशनबारे उनले केही नबोल्ने बताए । उनले भने, 'नजाने गाउँको बाटो भएकाले चासो छैन ।'

अध्यक्ष नेपालले सर्वोच्च अदालतमा देखिएको विवाद समाधानका लागि उचित निर्णय लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मा दिइएको बताए । नेकपा (एकिकृत समाजवादी) को कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्न अध्यक्ष नेपाल, महासचिव वेदुराम भुसाल, प्रमेश हमालसहित नेताहरु सुर्खेत पुगेका छन् ।

प्रकाशित : मंसिर ९, २०७८ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?