१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सूर्तीजन्य पदार्थ नियन्त्रणका लागि ऐन कार्यान्वयनमा जोड दिनुपर्छ : स्वास्थ्यमन्त्री

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सूर्तीजन्य पदार्थ नियन्त्रणमा बनेका ऐनलाई कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् । राजधानीमा बुधबार आयोजित नेपाल स्वासथ्य अनुसन्धान परिषद्, एक्सन नेपाल लगायतका संस्थाले गरेको सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी बहुपक्षीय पैरवी बैठकमा बोल्दै उनले भने–‘चुरोटको बट्टामा चित्र राखेर पनि भएन, जनचेतनाको कमी भने पनि मान्छेले बुझेरै खाएका छन् । चिकित्सकहरुले सूर्तीजन्य पदार्थ सेवन गर्नेलाई डर देखाउनुपर्‍यो ।’ 

सूर्तीजन्य पदार्थ नियन्त्रणका लागि ऐन कार्यान्वयनमा जोड दिनुपर्छ : स्वास्थ्यमन्त्री

त्यसैगरी कार्यक्रममा बोल्दै मुुटरोग विशेषज्ञ डा चन्द्रमणि अधिकारीले सूर्तीजन्य पदार्थको सेवनबाट हृदयघात हुने सम्भावना उच्च रहेको बताए । उनले भने–‘१ चोटी हृदयघात भएको मान्छेको आयु घट्छ । त्यसमाथि यसको उपचार पनि महँगो छ ।’ उनले चुरोट सेवन गर्नेको संख्या नघटेको भन्दै ५० वर्ष भन्दा कमका व्यक्तिले चुरोट सेवन गर्छन् भने उनीहरुमा ८ गुणा बढी हृदयघातको जोखिम रहेको बताए । उनका अनुसार चुरोट सेवन गर्ने १८ देखि ३९ वर्ष उमेर समूहको महिलामा पुरुषभन्दा १३ गुणा बढी हृदयघातको जोखिम हुने हुन्छ ।

विश्व स्वास्थ्य संगठनकी नसर्ने रोग विभाग प्राविधिक अधिकृत डा लोनिम दिक्षितले नसर्ने रोगको प्रमुख कारकमध्ये सूर्तीजन्य पदार्थ रहेको बताइन् । उनले भनिन्–‘सूर्तीजन्य पदार्थ सेवनको नियन्त्रणमा अझै पनि सुधार आउन सकेको छैन । हामी जहाँको त्यहीं छौं । मल्टीसेक्टरल एक्सन प्लानको आवश्यकता रहेको छ ।’

एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले नेपाल सूर्तिजन्य पदार्थमा सबैभन्दा कम कर लगाउने दक्षिण एसियामै पहिलो भएको बताए । उनले नेपालमा बनेको ऐन तथा निर्देशिकाले सूर्तिजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चित्र छाप्ने व्यवस्था भएको भए पनि स्वदेशी उद्योगले कार्यान्वयन नगरेको अवस्था रहेको बताए ।

प्रकाशित : मंसिर ९, २०७८ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?