महिला हिंसा न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न आयोगको आग्रह 

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले महिला हिंसा न्यूनिकरणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नारासहित सुरु भएको महिला हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन बिहीबार आयोगले विज्ञप्ति जारी गर्दै अभियानलाई प्रभावकारी र अर्थपूर्ण रुपमा मनाउन मानव अधिकारकर्मी, नागरिक समाजलगायत सरोकारवाला सबैलाई आह्वान गरेका छन् ।

महिला हिंसा न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न आयोगको आग्रह 

आयोगले महिला हिंसासम्बन्धी उजुरीको विश्लेषण गर्दा नेपालमा महिला हिंसाका अधिकांश घटना घरभित्रै हुने र परिवारकै सदस्यको संलग्नता देखिने गरेकोले घरभित्र हुने महिला हिंसाको अन्त्य हुन सकेमा महिला हिंसाको न्यूनीकरणमा ठूलो उपलब्धि हुने देखिएको जनाएको छ । ‘महिला हिंसा न्यूनीकरण र अन्त्यका लागि प्रभावकारी नीति तथा कार्यक्रम ल्याउन, घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ र नियमावली, २०६७ को प्रभावकारी कार्यान्वयन गर्न र ती ऐन र नियमावलीलाई समयसापेक्ष संशोधन गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ,’ आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्तिमार्फत भनेका छन्, ‘घरेलु हिंसाको न्यूनीकरणका लागि आ-आफ्नो क्षेत्रबाट भूमिका खेल्न मानव अधिकारकर्मी, नागरिक समाज, घर परिवारलगायत सम्बद्ध सबै पक्षलाई समेत आयोग अनुरोध गर्दछ ।’


प्रकाशित : मंसिर ९, २०७८ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?