कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

दलको हिसाबकिताब पारदर्शी बनाउन निर्वाचन आयोगले बनायो लेखा राख्‍ने ढाँचा

काठमाडौँ — निर्वाचन आयोगले राजनीतिक दलहरुको हिसाब किताब पारदर्शी हुनुपर्ने भन्दै आय र व्ययको लेखा राख्ने एकैप्रकारको ढाँचा तयार गरेको छ । आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४० बमोजिम दलको आय र व्ययको लेखा राख्ने ढाँचा तयार गरी स्वीकृत गरेको हो । 

दलको हिसाबकिताब पारदर्शी बनाउन निर्वाचन आयोगले बनायो लेखा राख्‍ने ढाँचा

बिहीबार बसेको आयोगको बैठकले त्यस्तो ढाँचा स्वीकृत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले दलले गर्ने आम्दानी र खर्चलाई विभिन्न शीर्षकमा वर्गीकरण गरी आम्दानी र खर्चको लेखा तथा प्रतिवेदनको लागि आठवटा फारामहरूको ढाँचा तोकेको छ । आयोगले उपलब्ध गराएको फाराममा नै दलहरुले लेखाको विवरण राख्नुपर्ने निर्देशिकामा व्यवस्था गरिएको छ ।

लेखाको ढाँचा तयार गर्ने सम्बन्धमा सबै राजनीतिक दलहरू तथा सम्बन्धित विज्ञहरूसँग सुझाव संकलन गरी प्राप्त सुझावहरू समेत समावेश गरी दलको आय र व्ययको लेखाको ढाँचा तोकिएको प्रवक्ता पौडेलले बताए । 'यस्तो ढाँचामा दलले आम्दानी र खर्चको लेखा राख्ने र प्रतिवेदन गर्ने हुनाले यस व्यवस्थाले राजनीतिक दलको आर्थिक कारोबार व्यवस्थित, पारदर्शी र एकरूपता हुने विश्वास आयोगले लिएको छ,' प्रवक्ता पौडेलले भने ।

प्रकाशित : मंसिर ९, २०७८ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?